बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नारायणा हेल्थ इन्डियाको ‘मिट एण्ड ग्रीट’

नारायणा हेल्थ इन्डियाको ‘मिट एण्ड ग्रीट’

images
२०८२ श्रावण १४ गते, बुधवार
२०८२ श्रावण १४ गते, बुधवार
  • काठमाडौं। नारायणा हेल्थ इन्डियाले काठमाडौंमा ‘मिट एण्ड ग्रीट’ कार्यक्रम आयोजना गरेको छ। 

    images

    ‘वर्ल्ड हेपाइटिस डे-२०२५’ को सन्दर्भ पारेर नारायणा हेल्थ इन्डियाले जनरल प्रयाक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एसोसिएसन नेपाल (जीपीईएमएएन) सँगको सहकार्यमा काठमाडौँमा ‘मिट एण्ड ग्रीट’ कार्यक्रम आयोजना गरेको हो। 

    images

    कार्यक्रममा नारायणा हस्पिटलका निर्देशक एवं लिभर ट्रान्सप्लान्ट प्रमुख डा. सञ्जय गोजाले आफूले गर्दै आएको रोवर्टिक लिभर सर्जरी तथा लिभर ट्रान्सप्लान्टका विषयमा प्रस्तुतिकरण गरेका थिए भने नारायणामा लिभर ट्रान्स्प्लान्ट गराएका ब्यक्तिहरुले ट्रान्स्प्लान्ट पछिको जीवनका बारेमा आफ्नो अनुभव सुनाएका थिए।

    सो क्रममा डा. गोजाले लिभर सर्जरी तथा लिभर ट्रान्सप्लान्ट गर्दाका अवस्था र त्यसपछिका अवस्थाका बारेमा जानकारी गराएका थिए।

    यस्तै नारायणा हस्पिटल गुरुग्राम दिल्लीमा कार्यरत डा. सञ्जयकुमार यादवले लिभर ट्रान्सप्लान्ट, यसको फाइदा, उपलब्धता र विकासको बारेमा विस्तृत रुपमा प्रस्तुतिकरण गरेका थिए।

    उनले नारायणा हस्पिटलले लिभर ट्रान्सप्लान्टमा मारेको फड्को, त्यहाँ जाने नेपाली बिरामीले लिएको सेवाका बारेमा समेत चर्चा गरेका थिए ।

    उनले दीर्घकालीन हेपाटाइटिस बी र सी नजानिदो रुपबाट कलेजोको क्षति तथा क्यान्सर निम्त्याउने भन्दै जोगिनका लागि अपनाउनुपर्ने सावधानीका विषयमासमेत बताएका थिए ।

    कार्यक्रममा नारायणा हेल्थमा उपचार गरि फर्किएका ६ जना नेपाली बिरामीहरुले त्यहाँको उपचार सेवाका बारे आफ्ना अनुभव सुनाएका थिए।

    कार्यक्रममा जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघका अध्यक्ष डा. पुष्पमणि खराल, संघका सहसचिव डा. विकास गौचन लगायतले लिभरको रोगबाट निम्तिन सक्ने जोखिमका बारे धारणा राखेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend