बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रहरी श्रीमती संघको नि:शुल्क स्वास्थ्य शिविर, दुई सय जनाको स्वास्थ्य परीक्षण

प्रहरी श्रीमती संघको नि:शुल्क स्वास्थ्य शिविर, दुई सय जनाको स्वास्थ्य परीक्षण

images
२०८२ श्रावण १२ गते, सोमवार
२०८२ श्रावण १२ गते, सोमवार
  • काठमाडौं। नेपाल प्रहरी श्रीमती संघले नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम आयोजना गरेको छ।

    images

    नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप काठमाडौंको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कार्यक्रममा दुई सय जनाले स्वास्थ्य परीक्षण गराएका हुन।

    images

    श्रावण महिनाको दोस्रो सोमबार मन्दिरमा आउने भक्तजनहरुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य शिविर तथा खानेपानी वितरण कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।

    श्रीमती संघकी अध्यक्ष रुपा थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा संघका महासचिव अनुश्री पाख्रीन, उपाध्यक्षहरु, कार्यसमितिका पदाधिकारीहरु तथा आसरा सुधार केन्द्र रानीबारी काठमाडौंका पदाधिकारी र प्रहरी कर्मचारीहरु समेतको उपस्थिति थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend