बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

वीर अस्पतालको सेवा : एक वर्षमा ६ लाख ४७ हजार बढीलाई बहिरंग सेवा, २६ हजार ४४६ शल्यक्रिया

वीर अस्पतालको सेवा : एक वर्षमा ६ लाख ४७ हजार बढीलाई बहिरंग सेवा, २६ हजार ४४६ शल्यक्रिया

images
२०८२ श्रावण १२ गते, सोमवार
२०८२ श्रावण १२ गते, सोमवार
  • काठमाडौं। देशकै सबैभन्दा जेठो तथा पुरानो अस्पताल वीर अस्पतालले एक वर्षको अवधिमा ६ लाख ४७ हजार २१५ पटक बहिरंग सेवा प्रदान गरेको छ।

    images

    विसं १९४७ साउन १२ गते श्री ३ वीर शमशेरको पहलमा स्थापित वीर अस्पतालले सोमबार (आज) १३६ औं स्थापना दिवस मनाउँदै छ। स्थापनाका समयमा १५ सैयाबाट सुरु भएको अस्पताल अहिले एक हजार बढी सैयामार्फत सेवामा छ।

    images

    अस्पतालबाट प्राप्त तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालबाट कुल ६ लाख ४७ हजार २१५ जनाले बहिरंग सेवा लिएका छन। यो अनलाइनबाट सेवा लिएका नयाँ तथा पुराना बिरामीहरुको समेत तथ्यांक हो।

    यो एकवर्षको अवधिमा वीर अस्पतालबाट आकस्मिक सेवा लिनेको संख्या ३५ हजार १४१ छ। यसैगरी अन्तरंग सेवा लिनेको संख्या यो एक वर्षमा २१ हजार २२४ जना छन।

    यसैगरी यो अवधिमा २६ हजार ४४६ पटक शल्यक्रिया सेवा प्रदान गरिएको छ भने निदानात्मक सेवा अन्तर्गत १२ लाख ७१ हजार १९८ वटा प्रयोगशाला परीक्षण गरिएको छ।

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले अस्पताले सिमित आर्थिक स्रोतका बिचमा पनि सेवा प्रदान गर्दै आएको बताए। 

    `सिमित साधन स्रोतका बिचमा पनि वीर अस्पतालले आफ्नो सेवा प्रवाहलाई चुस्त राखेको छ, हाल दैनिक ३ हजार बीरामीलाई अस्पतालले सेवा दिइरहेको छ।´ उपकुलपति बस्नेतले एक्सरे नेपालसँग भने।

    अस्पतालले बितेको आर्थिक वर्षमा १६ हजार ९९९ वटा सिटि स्क्यान सेवा प्रदान गरेको छ भने ८ हजार २० वटा एमआरआइ र ६१ हजार ८२५ पटक अल्ट्रासाउन्ड सेवा दिएको तथ्यांक छ।

    यस्तै ६ हजार ६१० जनाको इन्डोस्कोपी, १ हजार ८७६ जनाको कोलोनोस्कोपी, १६ हजार २९७ पटक इको कार्डियोग्राफी, ८५ जनाको कोरोनरी एन्जियोप्लास्टी , ३६६ जनाको कोरोनरी एन्जिओग्राफी, २६ जनाको मृगौला प्रत्यारोपण, २८९ जनाको रेडियो थेरापी सेवा (टोमोथेरापी), ८१५ जनाको फाइव्रो स्क्यान तथा १७ हजार २० पटक फिजियोथेरापी सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend