बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

वीर अस्पतालको १३६ औं वार्षिकोत्सव, बीरामीलाई फलफूल वितरण

वीर अस्पतालको १३६ औं वार्षिकोत्सव, बीरामीलाई फलफूल वितरण

images
२०८२ श्रावण १२ गते, सोमवार
२०८२ श्रावण १२ गते, सोमवार
  • काठमाडौं। देशकै जेठो अस्पताल वीर अस्पतालको १३६ औं वार्षिकोत्सवको अवसरका अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ।

    images

    वीर अस्पतालको १३६ औं वार्षिकोत्सव आज सोमबार मनाइँदै छ। सो अवसरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले भर्ना भएका बिरामीहरुलाई फलफुल वितरण गरेका हुन।

    images

    वीर अस्पतालमा दैनिक तीन हजार बिरामीले उपचार सेवा लिंदै आएका छन। विसं १९४७ साउन १२ गते श्री ३ वीर शमशेरको पहलमा वीर अस्पताल स्थापना भएको हो। त्यसबखत १५ सैयाबाट सुरु भएको वीर अहिले करिब १ हजार सैयामा संचालन हुँदै देशकै भरपर्दो अस्पतालका रुपमा स्थापित भैसकेको छ।

    हाल वीर अस्पतालमा प्रशासनिक, चिकित्सक र प्राविधिकहरु सहित १८ सय बढी कर्मचारी कार्यरत छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend