बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भिजिट भिषाको ट्र्याक चेन्ज, भारत हुँदै कुवेत जान लागेका ४७ महिला फर्काइए

भिजिट भिषाको ट्र्याक चेन्ज, भारत हुँदै कुवेत जान लागेका ४७ महिला फर्काइए

गृहमन्त्रीद्धारा छानविन गर्न प्रहरीलाई निर्देशन

images
२०८२ श्रावण ९ गते, शुक्रवार
२०८२ श्रावण ९ गते, शुक्रवार
  • काठमाण्डौं। भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिषामा कुवेत जान लागेको ४७ जना नेपाली महिलालाई नेपाल फकाईएको छ।

    images

    पछिल्लो समय सेटिङ मर्फत नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिषामा विदेश जानेहरुमाथि कडाइ हुन थालेपछि गिरोहले भारत हुँदै पठाउने गरेको पाइएको हो। विशेष सूचना पछि प्रहरीले भारतीय विमानस्थलमा पनि निगरानी गर्न थालेपछि यो तथ्य खुलेको हो।

    images

    सोही सूचनाका आधारमा प्रहरीले दिल्ली विमानस्थलबाट एनओसी विना कुवेत जान लागेका महिलाहरुलाई दिल्लीस्थित नेपाली दुतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुदै बिहीबार राति रुपन्देही ल्याएको छ।

    दिल्लीस्थित नेपाली दुतावासमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दुतावासका कर्मचारीको टिमले महिलाहरुलाई सुनौली नाका हुदै रुपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए।

    प्रजिअ घिमिरेका अनुसार ती महिलाहरुलाई रुपन्देहीबाट बिहीबार राती नै प्रहरीले काठमाण्डौं पठाएको छ।

    गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाहरुको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन।

    उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

    `मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रुपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिनुभएको छ, भारतीय भूमि हुँदै गएकाहरुको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।´ गृह मन्त्रालय स्रोतले भन्यो।

    भिजिट भिषामार्फत महिलाहरूलाई घरेलु कामदारका रुपमा विदेश लगिने गरेको छ। यो काममा विगत देखि नै गिरोहहरु सक्रिय रहँदै आइरहेका छन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend