बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चिकित्सक संघको सरकारलाई चेतावनी : सहमति कार्यान्वयनमा गम्भीर नभए सशक्त आन्दोलन

चिकित्सक संघको सरकारलाई चेतावनी : सहमति कार्यान्वयनमा गम्भीर नभए सशक्त आन्दोलन

images
२०८२ श्रावण ७ गते, बुधवार
२०८२ श्रावण ७ गते, बुधवार
  • काठमाडौं। नेपाल चिकित्सक संघले सरकारले संघसँग गरेको सहमतिको कार्यान्वयनमा गम्भीरता नदेखाएको भन्दै सशक्त आन्दोलनको चेतावनी दिएको छ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तीन जना मन्त्रीले संघसँग गत असार २४ गते उपभोक्ता संरक्षण ऐन लगायत विद्यमान कानुनी तथा नीतिगत ब्यवस्थाको संसोधनका लागि तीन बुँदे सहमति गरेको भएपनि हालसम्म ठोस प्रतिफल नदेखिएको संघले भनेको छ।

    images

    `उक्त सहमति बमोजिमविभिन्न सरोकारवाला  मन्त्रालयका प्रतिनिधि सम्मिलित कार्यदलद्वारा कानुन संसोधनको विषयमा ७ दिन भिन्त्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने भनी उल्लेख गरिएको भएता पनि हालसम्म पनि ठोस प्रतिफल नदेखिएकोले सो कार्यदल पुर्णरुपमा निष्क्रिय रहेको नेपाल्ल चिकित्सक संघको ठहर छ।´ संघका महासचिव डा संजिव तिवारीद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ।

    सरकारका उच्च पदस्थ अधिकारीहरुसँग भएको सहमति समेत समयमा पालना नहुँदा उक्त पदाधिकारीहरुको मौखिक तथा लिखित प्रतिबद्धता माथि भविष्यमा पनि विश्वास गर्ने कुनै आधार नभएको र त्यसले गर्दा सरकारको विश्वासनियता पनि गुम्ने स्थिति सिर्जना हुने संघले भनेको छ।

    संघले विज्ञप्तिमाफत अबिलम्ब सहमति कार्यान्वयन गर्न तर्फ गम्भीर बन्न सरोकारवाला सबैलाई आग्रह गर्दै पुन: आन्दोलनका लागि बाध्य पर्‍ने स्थितिको सिर्जना गरिए थप सशक्त स्वरुपमा उत्रन बाध्य हुने जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend