बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँका पुगेका छौं : गृहमन्त्री

विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँका पुगेका छौं : गृहमन्त्री

images
२०८२ श्रावण ६ गते, मंगलवार
२०८२ श्रावण ६ गते, मंगलवार
  • काठमाण्डौ। गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य खोज, उद्दार र राहत जस्ता कामका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने ठाउँमा पुगेको बताएका छन।

    images

    मंगलबार गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानव रहित विमान (ड्रोन) संघ/नेपाल ड्रोन संघबिच भएको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले ड्रोनको प्रयोगले विपद् प्रतिकार्य खोज, उद्दार र राहत (औषधी र पानी लगायत) ड्रोन मार्फत पुर्याउन सकिने बताए।

    images

    उनले विपद्को पुर्व सूचना र प्रतिकार्यका लागि तयारी अवस्थामा बस्न जरुरी रहेको बताउँदै पूर्व सूचनालाई चुस्तदुरुस्त गर्ने गरी अगाडी बढेको जानकारी दिए।

    “हामी विपद्को उच्च जोखिम भएको भूगोलमा छौं। बाढी पहिरो, भूकम्प, चट्याङ र  लूदेखि हिउँ लाग्ने सम्मको जोखिममा छौं।” मन्त्री लेखकले भने, “ हामी अब नीजि क्षेत्रमा काम गरिरहेका संस्था, व्यक्तिहरु पनि विपद् प्रतिकार्यमा जोडिनुपर्छ भनेर समझादारी गरेका छौं।”

    मन्त्री लेखकले विपद् प्रतिकार्यमा सबैले साझा रुपले हातेमालो गरेर विपद्को व्यवस्थापनका लागि सरकार र नीजि क्षेत्र समेत मिलेर अगाडी बढ्ने काम भइरहेको बताए।

    नागरिकको जिउधनको रक्षा गर्ने विषयसित जोडेर राष्ट्रको महत्वपूर्ण दायित्व पालना गर्न अघि बढेकोप्रति ड्रोन संघलाई मन्त्री लेखकले धन्यवाद समेत दिए।

    समझदारी पत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानव रहित विमान (ड्रोन) संघ बीच सहकार्य  गर्ने गरीे सम्झौता भएको छ।

    जसमा खोज तथा उद्धार, राहत वितरण तथा अन्य सामाग्री ढुवानी, विपद् प्रभावित क्षेत्रको निरिक्षण, भौगोलिक नक्साङ्कन तथा इमेजिङ, क्षति मूल्याङ्कन र सूचना संकलन तथा विश्लेषण कार्य गरिनेछ।

    त्यस्तै विपद्को समयमा ड्रोनको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखी माग गरेमा ड्रोन संघले निःशुल्क रूपमा ड्रोन र तत् सम्बन्धी उपकरण (पाईलट सहित) उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ। र सो कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था प्राधिकरणले गर्नेछ।

    सहमतिपत्रमा प्रचलित कानून र ड्रोन उडान सम्बन्धी अनुमति लिएका ड्रोन र पाइलट विपद्को समयमा परिचालन गर्न आवश्यक समन्वय र सहजीकरण प्राधिकरणले गर्ने भनिएको छ।

    ड्रोन सञ्चालनका सन्दर्भमा आवश्यक मार्गनिर्देशन, समन्वय र सहजीकरणका समन्वय समिति गठन समेत गरिएको छ। जसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रतिकार्य शाखा प्रमुख संयोजक रहनेछन्।

    प्राधिकरणको समन्वयमा तत्काल ड्रोन उडान गर्ने/गराउने गरी गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले परिचालन गर्नेछ। उक्त समझदारी एक बर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने शर्त राखिएको छ।

    कार्यक्रममा निमित्त गृहसचिब जयनारायण आचार्य, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्ट, नेपाल ड्रोन संघका अध्यक्ष राजबाबु महर्जन लगायतको सहभागिता रहेको थियो।

    यसअघि मन्त्रालयले हेलिकप्टर एसोसियसनसंग पनि विपद् प्रतिकार्यका लागि निःशुल्क हवाई उद्दार लगायतका विषय समेटेर समझदारी गरेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend