काठमाडौं। नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन।
सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीको जनपद समूह तर्फका ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।
सिफारिस सूची अनुसार एसपी तुलबहादुर कार्की पहिलो नम्बरमा परेका छन। दोस्रो नम्बरमा राकेश सिंह तथा तेस्रो नम्बरमा राजिब बहादुर बस्नेत सिफारिसमा परेका छन।
यसैगरी चौंथो नम्बरमा कमल थापा, पाँचौमा प्रबिण धिताल, छैठौं नम्बरमा प्रकाश रानाभाट तथा सातौंमा ज्ञानेन्द्रप्रसाद फुयालको नाम बढुवाका लागि सिफारिस भएको छ।
यस्तै दीपक पोखरेल आठौं नम्बरमा सिफारिस भएका छन भने एसपी दयानिधी ज्ञवाली नवौं तथा दीपेन्द्र शाही दशौं र केदार खनालको एघारौं नम्बरमा बढुवा सिफारिस भएको हो।
यस्तो छ सुची




