बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपाल औषधि उत्पादक संघको महाधिवेशन १९ साउनमा

नेपाल औषधि उत्पादक संघको महाधिवेशन १९ साउनमा

images
२०८२ श्रावण ५ गते, सोमवार
२०८२ श्रावण ५ गते, सोमवार
  • काठमाडौं। नेपाल औषधि उत्पादक संघ (एपोन) को महाधिवेशन आगामी साउन १९ गते हुने तय भएको छ। 

    images

    आइतबार बसेको संघको बैठकले महाधिवेशनको मिति परिवर्तन गर्दै नयाँ मिति तोकेको उपाध्यक्ष सन्तोष बरालले जानकारी दिए। यसअघि साउन २३ का लागि तोकिएको महाधिवेशन ५ दिन अघि सारिएको हो।

    images

    बैठकले महाधिवेशनका लागि निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डेको संयोजकत्वमा निर्वाचन कमिटी पनि बनाएको छ। निर्वाचन कमिटीमा पुर्व अध्यक्ष महेश गोर्खाली र वरिष्ठ अधिवत्ता रमेश प्रसाद धिताल सदस्य छन।

    यसैगरी वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाको नेतृत्वमा महाधिवेशन तयारी समेत गठन गरिएको छ। सो समितिको सदस्यमा उपाध्यक्ष बराल, कार्यसमिति सदस्य शैलेस वैद्य र सुमित चन्द्र श्रेष्ठ छन।

    आगामी महाधिवेशन मार्फत संघको नयाँ नेतृत्व चयन हुनेछ। संघको नेतृत्वमा हाल महेश प्रसाद प्रधान छन। संघको विधानमा अध्यक्ष बन्न एक कार्यकाल वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वा महासचिव (पदाधिकारी) रहेको हुनु पर्ने ब्यवस्था छ। ती पदमा एक कार्यकाल रहिसकेका पदाधिकारी अध्यक्षका लागि योग्य हुने छन। यस्तै संघको पदाधिकारी सदस्यहरु मध्येबाटै चयन हुने छन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend