बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

चितवनमा २०८१/०८२ मा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण

चितवनमा २०८१/०८२ मा तीन हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण

images
२०८२ श्रावण ४ गते, आइतवार
२०८२ श्रावण ४ गते, आइतवार
  • चितवन। चितवनमा गत आर्थिक वर्ष २०८१/०८२ मा ३ हजार ८८९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। 

    images

    जनस्वास्थ्य कार्यालय चितवनका अनुसार सो अवधिमा १ हजार ५४८ पुरुष र १ हजार ४७२ महिला गरी ३ हजार २० जना चितवन जिल्लाभित्रै डेङ्गु सङ्क्रमित भएका छन।

    images

    यस्तै अन्य जिल्लाबाट आएका ४१२ पुरुष  ४५७ महिला गरी ८६९ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। गत वर्ष सबैभन्दा धेरै सङ्क्रमित भरतपुर महानगरपालिकामा देखिएका छन्। जहाँ १ हजार १७१ जनामा सङ्क्रमण पुष्टि भएको छ। 

    भरतपुर महानगरपछि रत्ननगर नगरपालिकामा ९०७, इच्छाकामना गाउँपालिकामा ४६७, खैरहनी नगरपालिकामा २२३, राप्ती नगरपालिकामा १२४, कालिका नगरपालिकामा ९१ र माडी नगरपालिकामा ३७ जना सङ्क्रमित भएका छन्।

    डेङ्गुका कारण गत आवमा एक जनाको मृत्यु भएको पुष्टि भएको थियो। जिल्लामा गत आवमा १७ हजार ३५३ जनाको रगत परीक्षण गरिएको थियो। 

    जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले सङ्क्रमणदर उच्च भए पनि मृत्युदर कम रहेको जानकारी दिए।

    उनका अनुसार अघिल्लो अघिल्लो आवमा १ हजार ८३१ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो। जुन २३ हजार ८४० जनाको परीक्षणबाट पुष्टि भएको थियो। आव २०७४/७५ मा १ हजार २९१ परीक्षण गर्दा ५९ सङ्क्रमित, २०७५/७६ मा १ हजार ९५१ परीक्षण ३१ सङ्क्रमित, २०७६/७७ मा १९ हजार २३० परीक्षण गर्दा ४ हजार ८०३ सङ्क्रमित, २०७७/७८ मा १ हजार ७१७ परीक्षणमा २४३ सङ्क्रमित, २०७८/७९ मा १४ हजार ९७८ परीक्षण ३ हजार ३३६ सङ्क्रमित, २०७९/८० मा ५ हजार ४५४ परीक्षण, ३०३ सङ्क्रमित भएको कार्यलयको तथ्यांकमा उल्लेख छ।

    जिल्लाको मुख्य बजार क्षेत्रमा डेङ्गु जोखिम बढी हुने गरेको छ। सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाइएको छ। कार्यालयले सबै सातै पालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिसँग अन्तक्र्रिया र छलफल गर्दै डेङ्गु नियन्त्रणका उपाय अघि बढाएको भेक्टर कन्ट्रोल निरीक्षक केसीले जानकारी दिए।

    डेङ्गु फैलाउने लामुखुट्टेको सङ्ख्या बढ्ने मौसमी कारण यस सिजनमा सतर्क रहन सबैलाई सचेत गराइएको उनले बताए।

    नेपालमा डेङ्गु ज्वरो पहिलोपटक सन् २००४ मा चितवनमा देखिएको थियो। त्यसबखत चितवनमा एक जना जापानी पर्यटकमा संक्रमण पुष्टि भएको थियो। त्यसपछि सन् २००६ मा तराई र भित्री मधेसका केही जिल्लामा पनि डेङ्गुका बिरामी भेटिएका थिए।

    यस्तै सन् २००९ मा चितवनमा नौ जनामा सङ्क्रमण देखिएको थियो। सन् २०१० मा तीन हजार २९८ जनाको परीक्षण गर्दा ७३९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कार्यलयको तथ्याङ्कमा उल्लेख छ।

    भेक्टर कन्ट्रोल केसीका अनुसार डेङ्गु रोगको ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ। यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तश्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्ष्यण देखापर्छ।

    यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्ने उनले बताए। डेङ्गु ज्वरो विषाणुका कारण हुने भएकाले यसको खासै उपचार नहुने उनले जानकारी दिए।

    डेङ्गु ज्वरोबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। आफू बस्ने ठाउँ वरिपरी फालिएका खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरु, पुराना टायर आदिमा पानी जम्न नदिनु नै बच्ने उपाय रहेको भेक्टर कन्ट्रोल केसी बताउँछन।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend