बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

किशोरीहरुको `डिम्ब´ किनबेचबारे छानबिन गर्न समिति

किशोरीहरुको `डिम्ब´ किनबेचबारे छानबिन गर्न समिति

images
२०८२ श्रावण ४ गते, आइतवार
२०८२ श्रावण ४ गते, आइतवार
  • काठमाडौं। किशोरीहरुको `डिम्ब´ को आर्थिक प्रलोभनमार्फत किनबेच गरेको आशंकाबारे छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति बनाएको छ।

    images

    स्वास्थ्य मन्त्रालयले प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापाको नेतृत्वमा `डिम्ब´ प्रकरणको छानबिन गर्न समिति गठन गरेको हो।

    images

    तीन सदस्यीय छानबिन समितिमा डाक्टर सरोज शर्मा, डा.सुनिता लम्साल र मन्त्रालयका कानुन शाखाका अधिकृत सुरेश चौलागाई छन्। मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै छानबिन समिति बनाएको हो। 

    मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले इनभिट्रो फर्टिलाइजेसन सेन्टर (आइभीएफ) को कार्यप्रति प्रश्न उठेपछि तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए । सो समितिलाई पाँच दिनको समय दिइएको छ।

    छानबिन समितिले होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनिकमाथि छानबिन गर्नेछ। मन्त्रालयले अन्य दुई आईभीएफ सेन्टरमा पनि १८ वर्ष मुनिका किशोरीको डिम्बको कारोबार गरेको आशंकाका आधारमा छानबिन भैरहेको जनाएको छ।

    किशोरीहरुको डिम्बको कारोबारमा दलालहरुको समूह नै सक्रिय रहेको प्रहरीको आशंका छ। सो विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलेसमेत अनुसन्धान गरिरहेको छ। तर कानुनी जटिलताका कारण प्रहरीलाई घटनाको अनुसन्धानमा सकस छ। जसका कारण पक्राउ परेका केही ब्यक्ति छुटिसकेका छन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend