बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी, सुत्न पनि आलोपालो

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी, सुत्न पनि आलोपालो

images
२०८२ श्रावण ३ गते, शनिवार
२०८२ श्रावण ३ गते, शनिवार
  • सिरहा। जिल्ला कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको पाइएको छ। जसका कारण व्यवस्थापनमा चुनौती थपिएको छ।

    images

    १५० जना क्षमताको कारागारमा हाल ४५८ जना कैदीबन्दी छन्। अत्यधिक चाप र गर्मीका कारण कैदीहरू सुत्नसमेत पालो मिलाएर बस्न बाध्य छन्।

    images

    कैदीबन्दीको चापसँगै अवैध गतिविधि हुने गरेको गुनासो बढेपछि कारागारमा सुरक्षा निकाय सम्मिलित टोलीले अनुगमन गरेको छ।

    जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले कैदीबन्दीको कोठामा पुगेर अनुगमन गरेको कारागार प्रमुख सुवोध महतोले जानकारी दिए।

    उनले भने, ‘कारागारमा आज अनुगमन गरिएको छ। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ छ। अनुगमनका क्रममा कैदीबाट पङ्खा, कुलरलगायतका सुविधाको माग गरिएको छ।’

    महतोका अनुसार ५४ वर्ष पुरानो यो कारागारको भवन र पर्खालसमेत जीर्ण छ। यी समस्या समाधानका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कसैको नजर परेको छैन।

    यसअघि कारागारभित्र आपराधिक गतिविधि भएको आरोपमा छानबिन समितिसमेत गठन गरिएको थियो। डेढ महिना लगाएर बुझाइएको प्रतिवेदन अझै सार्वजनिक भएको छैन।
     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend