बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गर्दै सरकार, स्थानीय तहलाई परिपत्र गरिंदै

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गर्दै सरकार, स्थानीय तहलाई परिपत्र गरिंदै

images
२०८२ श्रावण १ गते, बिहिवार
२०८२ श्रावण १ गते, बिहिवार
  • काठमाण्डौं। सरकारले छाउगोठ बनाउने र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई कडाइ गर्ने तयारी गरेको छ।

    images

    गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका हुन।

    images

    बिहीबार अन्तर पार्टी महिला सञ्जालका पदाधिकारीहरुसितको भेटघाटमा मन्त्री लेखकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरी देशभरका स्थानीय तहलाई यस्तो परिपत्र गर्ने गरी गृहकार्य गरिने बताए।

    “महिनावारीमा ठुलो अन्धविश्वासले काम गरेको छ।” मन्त्री लेखकले भने, “यसको निर्मलीकरणका लागि कसरी अगाडी बढ्ने अन्तर पार्टी महिला सञ्जालको पनि सहयोग र सुझाव आवश्यक छ।”

    महिलामाथि हुने हिंसा, बलात्कार लगायतका घटनामा सरकार गम्भीर रहेको मन्त्री लेखकको भनाई छ।

    “महिलाहरुको मर्यादा, गरिमा, स्वाभिमान र सुरक्षामा गम्भीर छु।” लेखकले भने, “अपराध गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने काम पनि भइरहेको छ।

    सो क्रममा अन्तर पार्टी महिला सञ्जालका अध्यक्ष ममता गिरी सहितको टोलीले महिला बालबालिकामाथि हुने गरेको विभेद र हिंसाका घटनाहरु घटिरहेको भन्दै त्यसको नियन्त्रणका लागि मन्त्री लेखकलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend