बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौं : राष्ट्रपति पौडेल

नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौं : राष्ट्रपति पौडेल

images
२०८२ आषाढ ३० गते, सोमवार
२०८२ आषाढ ३० गते, सोमवार
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन।

    images

    राष्ट्रिय एवम् विशेष चलचित्र पुरस्कार तथा सम्मान समारोहलाई सोमबार सम्बोधन गर्दै उनले हिमाल, पहाड र तराईको अनुपम भौगोलिक अवस्थितिले नेपाल आफैंमा एउटा प्राकृतिक चलचित्र स्टुडियोका रुपमा रहेको भन्दै यसबाट चलचित्र सँगसँगै रोजगारी, पर्यटन र राष्ट्रिय अर्थतन्त्रको विकासमा समेत सकारात्मक योगदान दिने विश्वास व्यक्त गरे।

    images

    राष्ट्रपति पौडेलले चलचित्रका माध्यमबाट राष्ट्रिय लोककला, कथा, गीत, सङ्गीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विविध जातजाति, भाषाभाषीका पहिचानजस्ता विषयहरूलाई सशक्त रुपमा अभिव्यक्त गरिने बताए।

    ‘पछिल्लो समयमा आदिवासी जनजातिलगायतका कला, भाषा, भेषभुषा, संस्कार र संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचाना र विविधताको पक्षलाई सबल बनाउँदै लगेको छ।’ उनले भने।

    राष्ट्रपति पौडेलले कलात्मक, सन्देशमूलक र समयसापेक्ष नेपाली मौलिकताको विशेषतासहितको चलचित्र बनाएर विश्वव्यापीकरण र सूचना प्रविधिको युगमा विश्वका दर्शकसामु पुग्ने प्रयासमा जुट्नुपर्नेमा जोड दिए।

    उनले गुणस्तरीय पक्षलाई जोड दिएर बजारीकरणका लागि नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा पनि ध्यान जानु जरुरी रहेको स्पष्ट पारे।

    ‘नेपाली चलचिलत्रको विकास, विस्तार र समृद्धिको यात्रामा सरकार, नीति निर्माता, चलचित्रकर्मी र सरोकारवाला सबै हातेमालो गरेर अघि बढ्नु हाम्रो साझा दायित्व हो।’ उनले भने।

    मानव समुदायलाई प्रभावित र प्रेरित गर्ने चलचित्रको महत्व आधुनिक युगमा पनि उत्तिकै रहेको बताउँदै उनले भने, ‘कलात्मकरुपमा मानवीय जीवन र जगतका विविध पक्षलाई अभिव्यक्त गर्ने शैली र माध्यमका रुपमा यसको महत्व र विशिष्टता सदैव रहँदै आएको छ।’

    राष्ट्रपति पौडेलले मौलिकता, सिर्जनात्मकता र स्वस्थ मनोरञ्जनसहित सूचना, शिक्षा र प्रेरणा प्रदान गर्नमा चलचित्रको महत्व रहँने भन्दै संख्यात्मकसँगै आधुनिक प्रविधिको प्रयोग गरी गुणात्मक, स्तरीय र प्रतिस्पर्धी चलचित्र निर्माणमा हाम्रो ध्यान जानु आवश्यक रहेको बताए। 

    उनले सीमित बजारबाट हुर्केको चलचित्रको बजार आज जुनरुपमा विकास र विस्तार हुनु खुशीको विषय भएको स्पष्ट पारे।

    साे अवसरमा राष्ट्रपति पाैडेलले दिर्घ साधना सम्मानबाट लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मान गरेका थिए भने विभिन्न ११ जनालाई विशेष याेगदान सम्मान र ११ जनालाई राष्ट्रिय चलचित्र पुरस्कारबाट सम्मान गरिएकाे थियाे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend