बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

मधेश प्रदेशमै पहिलोपटक बिरगंजको नारायणी अस्पतालमा मेमोग्राम र निःसन्तान क्लिनिक सुरु

मधेश प्रदेशमै पहिलोपटक बिरगंजको नारायणी अस्पतालमा मेमोग्राम र निःसन्तान क्लिनिक सुरु

images
२०८२ आषाढ २९ गते, आइतवार
२०८२ आषाढ २९ गते, आइतवार
  • बिरगंज। बिरगंजको नारायणी अस्पतालमा मेमोग्राम र निःसन्तान क्लिनिक सुरु भएको छ। यो सेवा सुरु हुने सरकारी मध्येमा नारायणी मधेस प्रदेशकै पहिलो अस्पताल हो।

    images

    आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा मेमोग्राम सेवा र निःसन्तान (इनफर्टिलिटी) क्लिनिकको उद्घाटन गरेका हुन। मन्त्री पौडेल आइतबार नै बिरगंज आईपुगेका थिए।

    images

    यो सेवा मधेश प्रदेशका सरकारी अस्पतालहरूमा पहिलो पटक सुरु गरिएको मन्त्री पौडेलको सचिवालयले बताएको हो।

    यसैगरी सो अस्पतालमा क्यान्सरका बिरामीहरूका लागि किमोथेरापी सेवा र हिस्टोपाथोलोजी सेवा पनि उपलब्ध छन्।

    यस्तै, अस्पतालमा गुणस्तरीय प्याथोलोजी प्रयोगशाला र काउन्टरमा टोकन प्रणाली पनि उपलबध गराइएको छ। यो प्रणाली राख्दा सेवाग्राहीलाई सहज हुने विश्वास गरिएको छ।

    नारायणी अस्पताल मधेस प्रदेशकै धेरै बिरामीहरु आवतजावत गर्ने अस्पतालमा पर्छ भने देशकै पुरानो मध्येको पनि एक हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend