काठमाडौं । देशभर डेंगी संक्रमितको संख्या झन्डै दुई हजार रेकर्ड भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार यो वर्ष जनवरीयता ११ जुलाई सम्म एक हजार ९०५ जनामा संक्रमण पुष्टी भएको छ।
जसमध्ये काठमाडौंमा सबैभन्दा धेरै १९९ जना संक्रमित पुष्टि भएका छन्। डोल्पा र हुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको छ।
यो विभिन्न अस्पतालबाट सरकारको अर्लि वानिर्ङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) मा रिपोटिङ भएको तथ्यांक हो। तर समुदायमा यो भन्दा दसौँ गुणा बढी संक्रमित रहेको हुनसक्ने ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन्।
सन् २०२५ मा करिब ६० हजार नागरिकमा डेंगी संक्रमण देखिने प्रक्षेपण गरेको छ। साथै अबका चार महिना डेंगी संक्रमण बढ्नसक्ने पनि ईडीसीडीले जनाएको छ।
अक्टोबर अन्तिमसम्म नै संक्रमणको जोखिम उच्च रहेकाले सतर्क रहन र सुरक्षाका उपाय अपनाउन ईडीसीडीले आग्रह गरेको छ।



