बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अप्टिकल व्यवसायी संघ स्थापनाको एक वर्ष, काठमाडौंमा भेला

अप्टिकल व्यवसायी संघ स्थापनाको एक वर्ष, काठमाडौंमा भेला

images
२०८२ आषाढ २९ गते, आइतवार
२०८२ आषाढ २९ गते, आइतवार
  • काठमाडौं। अप्टिकल व्यवसायी संघ नेपालले विभिन्न कार्यक्रम आयोजना गरी प्रथम स्थापना दिवस तथा भेला मनाएको छ।

    images

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठ र काठमाडौँ महानरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष नविन मानन्धर, मातृका आई केयर सेन्टरका सिईओ डा. किशोरराज प्रधान, दृष्टि आई केयर सिस्टमका सिस्टमका सिईओ लगायतका प्रमुख आतिथ्यतामा प्रथम ऐतिहासिक अप्टिकल व्यवसायी भेला कार्यक्रम शनिबार सम्पन्न गरेको हो।

    images

    अप्टिकल व्यवसायीहरूलाई एकजुट बनाउन, पारिवारिक आत्मीयता बढाउने र उच्च गुणस्तरका उत्पादन तथा सेवाहरूको सहज आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले गत २०८१ असार महिनामा संघको स्थापना भएको थियो।

    देशभर छरिएर रहेका अप्टिकल व्यवसायीहरुको एकआपसमा सम्बन्ध सुमधुर बढाउन शनिबार काठमाडौँमा प्रथम ऐतिहासिक व्यवसायी भेला कार्यक्रम आयोजना गरेको संघका उपाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए।

    अप्टिकल व्यवसायीहरूलाई एकजुट गराई आपसी सम्बन्ध स्थापना गर्दै सहकार्यमार्फत व्यवसायीहरूलाई अगाडि बढाउने लक्ष्य राखेको श्रेष्ठले बताए।

    श्रेष्ठले अप्टिकल व्यवसायी संघ स्थापना गरेको एक वर्ष पुरा भएको अवसरमा संघले दृष्टि आईकेयर सेन्टरसँगको सहकार्यमा निःशुल्क आँखा तथा कानको परीक्षण लगायतका कार्यक्रम आयोजना गरेको बताए। 

    श्रेष्ठका अनुसार संघको ऐतिहासिक वर्ष पुरा भएको अवसरमा मातृका आइसेन्टर र ओपान बीच भएको सम्झौताको आदानप्रदान, दृष्टि आइकेयर र ओपान बीचको सम्झौताको आदानप्रदान र इ-सेवासँगको बीमा सम्झौता पत्र र बीमा नीति आदानप्रदान गरेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend