बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नागरिकता बिहिनले गृहमन्त्रीलाई भने, `नागरिक हुने भयौं´

नागरिकता बिहिनले गृहमन्त्रीलाई भने, `नागरिक हुने भयौं´

images
२०८२ आषाढ २९ गते, आइतवार
२०८२ आषाढ २९ गते, आइतवार
  • आमाको नामबाट नागरिकता पाउने गरि नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट पास भएपछि नागरिकता बिहिन संघर्ष समितिले गृहमन्त्री रमेश लेखकलाई भेट गरेको छ।

    images

    शनिवार समितिका अध्यक्ष ई.इन्द्रजीत साफी लगायत पदाधीकारीको टोलीले गृहमन्त्री लेखकलाई भेटेर ऐतिहासिक कार्यका लागि बधाइ दिएका हुन।

    images

    भेटमा आमाको नामबाट नागरिकता दिने ब्यवस्था सहित लाखौ नागरिकता बिहिनहरुलाई नागरिक बनाउन नागरिकता ऐन संसोधन बिधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएर राष्ट्रिय सभामा पेश भएको भन्दै समितिका पदाधीकारीहरुले गृहमन्त्री लेखकलाई बधाइ ब्यक्त गरेका हुन।

    गृहमन्त्री लेखकले नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको बताउँदै अझ पनि विधेयकमा केहि परिमार्जन गनुपर्ने भए आफु त्यसका लागि तयार रहेको बताए।

    “नेपालको संविधान अनुसार नागरिकता पाउनुपर्ने तर कानुन नभएका कारण नपाएको छ भने त्यसलाई पनि परिमार्जन गर्ने गरि छलफल गर्नुपर्छ।” उनले भने।

    नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भइसकेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend