काठमाडौं। पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ।
शर्माको शनिबार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। उनी २०६९ साल चैत ११ गतदेखि २०७५ साल चैत १० गतेसम्म निर्वाचन आयोगको आयुक्त पदको जिम्मेवारीमा थिइन्।
यसैगरी शर्माले पत्रकारिता क्षेत्रमासमेत योगदान दिएकी थिइन। उनी लामो समयसम्म द राइजिङ नेपालमा कार्यरत थिइन।
शर्मासँग त्रिभुवन विश्वविद्यालयबाट एलएलएम, सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा एलएलएम युनिभर्सिटी अफ हल, युकेइन इन्टरनेसनल बिजनेस लबाट अन्तर्राष्ट्रिय व्यापार र विकास अध्ययन, कानुन, मिडिया, जनसम्पर्क, शिक्षा र विकास क्षेत्रसहित विभिन्न क्षेत्रमा काम गरेको ३५ वर्ष भन्दा बढीको अनुभव थियो।
उनको निधन भएको पत्रकार अमृता लम्सालले जानकारी दिएकी हुन। उनको आइतबार दाहसंस्कार गर्ने तय भएको छ।



