बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

झापामा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन, दैनिक ४ सयलाई सेवा

झापामा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन, दैनिक ४ सयलाई सेवा

images
२०८२ आषाढ २८ गते, शनिवार
२०८२ आषाढ २८ गते, शनिवार
  • झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज उद्घाटन गरेका छन।

    images

    नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा   न्यौपानेको नाम जोडिएको सो आधारभुत अस्पताल १० शैय्याको रहेकोे छ। अस्पतालले दैनिक चार सय सेवाग्राहीलाई सेवा दिनेछ।

    images

    प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकाले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे।

    उनले अस्पतालको क्षमतावृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास समेत दिलाए।

    प्रधानमन्त्री ओली शनिबार र आइतबार झापा र इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend