बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विद्युत् क्षेत्रमा लगानी विस्तारका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य : ऊर्जामन्त्री खड्का

विद्युत् क्षेत्रमा लगानी विस्तारका लागि निजी क्षेत्रसँग सहकार्य अपरिहार्य : ऊर्जामन्त्री खड्का

images
२०८२ आषाढ २७ गते, शुक्रवार
२०८२ आषाढ २७ गते, शुक्रवार
  • काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने बताएका छन।

    images

    हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को १४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले सरकारले कम्पनी मोडेलमा गठन गरेको एचआईडीसीएलले अहिलेसम्म खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न आग्रह गरे।

    images

    उनले २५ मेगावाट भन्दा कम क्षमताका आयोजनालाई बाईपास गर्न नहुने उल्लेख गर्दै साना र मझौला आयोजनाले पनि ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिएकाले त्यसलाई बेवास्ता गर्न नसकिने भनेका हुन।

    उन्ले नीति परिमार्जनमार्फत साना लगानी र कम मेगावाटका आयोजना समेतलाई समेट्ने कार्ययोजना बनाउनुपर्ने धारणा राखे।

    मन्त्री खड्काले ठूला आयोजना र लगानीकर्तालाई आकर्षित गर्न एचआईडीसीएलले सहजीकरणको भूमिका अझ मजबुत बनाउँदै आवश्यक परे ऋण र इक्विटीका माध्यमबाट वित्तीय अभाव समाधान गर्न निर्देशन दिए। “कसैलाई डुब्न नदिने नीति ल्याउनुपर्छ,” उनले भने।

    त्यस्तै, मुलुकको ऊर्जा आत्मनिर्भरता र निर्यातको सम्भावनालाई साकार बनाउन निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य रहेको मन्त्रीको स्पष्ट धारणा थियो।

    “आजको आवश्यकता अनुसार नयाँ सोच र प्रविधिसँगै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्छ,” उनले भने, “यसले मुलुकको आर्थिक वृद्धिमा प्रत्यक्ष टेवा पुर्‍याउँछ।”

    जलस्रोत राष्ट्रको प्राकृतिक सम्पत्ति भएकाले यसको वैज्ञानिक र दिगो उपयोगमा सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री खड्काले जलविद्युत् परियोजनाहरूको समयमै सम्पन्नता, गुणस्तरीय निर्माण र लगानीमैत्री वातावरण सिर्जनामा नीतिगत सुधारलाई अघि बढाइरहेको जानकारी दिए।

    मन्त्री खड्काले ऊर्जा क्षेत्रमै थप लगानी भित्र्याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने धारणा राख्दै स्रोत र खनिजको सदुपयोग गरेर मात्रै देशलाई समृद्धिको बाटोमा ल्याउन सकिनेमा जोड दिए।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रजेश बिक्रम थापाले कम्पनीको प्रगति र भावी योजनाबारे प्रस्तुतीकरण गरे।

    कार्यक्रममा एचआईडीसीएलका अध्यक्ष समेत रहेका ऊर्जा सचिव सुरेश आचार्यले कम्पनीको १४ वर्षे यात्रामा निजी तथा सार्वजनिक क्षेत्रको सहकार्यले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत थापाले पछिल्ला आर्थिक वर्षका गतिविधि र आगामी योजनाबारे प्रस्तुति दिएका थिए।

    त्यस्तै विद्युत नियमन आयोगका अध्यक्ष डा. राम प्रसाद धिताल, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्की, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलगायत वक्ताहरूले पनि ऊर्जा क्षेत्रमा लगानी विस्तार, परियोजनाको समयमै कार्यान्वयन र प्रविधि रूपान्तरणका विषयमा आ–आफ्ना विचार व्यक्त गरे।

    कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई प्रमुख अतिथि मन्त्री खड्काबाट सम्मानित गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend