बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य बीमा सुधारमा अर्को पाइला, ८ प्रकारका रोग लागेका बिरामीले २ लाखको उपचार सुविधा पाउने

स्वास्थ्य बीमा सुधारमा अर्को पाइला, ८ प्रकारका रोग लागेका बिरामीले २ लाखको उपचार सुविधा पाउने

images
२०८२ आषाढ २५ गते, बुधवार
२०८२ आषाढ २५ गते, बुधवार
  • काठमाडौं। स्वास्थ्य बीमामा आबद्ध ८ प्रकारका जटिल रोग लागेका बीमितले श्रावण १ गतेदेखि बीमा बापत २ लाखको सेवा सुविधा प्राप्त गर्ने भएका छन।

    images

    कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले २ लाख रुपैयाँ बराबरको सेवा प्राप्त गर्ने भएका हुन।

    images

    क्यान्सर, मुटु,मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनाएका छन।

    स्वास्थ्य मन्त्री पौडेलले आफ्नो पुर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरिएको जानकारी दिए।

    `हाम्रो पुर्व प्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत २ लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं।´ मन्त्री पौडेलले भनेका छन।

    `स्वास्थ्य बीमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौँ। तपाईंको रचनात्मक सल्लाह, सुझाव र प्रतिक्रिया सदैव स्वागत गर्दछौं।´ मन्त्री पौडेलले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत भनेका छन।

    हाल स्वास्थ्य बीमामा बीमितले १ लाख सम्मको सेवा प्राप्त गर्दै आइरहेका छन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend