बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रसुवा बाढी : २३ मालबाहक कन्टेनर, ६ वटा सिनो ट्रक र ३५ वटा नयाँ विद्युतीय गाडी बगायो, अझै २० जना बेपत्ता

रसुवा बाढी : २३ मालबाहक कन्टेनर, ६ वटा सिनो ट्रक र ३५ वटा नयाँ विद्युतीय गाडी बगायो, अझै २० जना बेपत्ता

images
२०८२ आषाढ २४ गते, मंगलवार
२०८२ आषाढ २४ गते, मंगलवार
  • काठमाडौं। सोमबार राती चीन तर्फ भएको अविरल वर्षाका कारण आएको बाढीले रसुवाको रसुवागढी नाकाबाट २३ वटा मालबाहक कन्टेनर, ६ वटा सिनो ट्रक र ३५ वटा नयाँ विद्युतीय गाडी बगाएको छ। बाढीले बगाएका २० जना अझै बेपत्ता छन।

    images

    जिल्ला प्रशासन कार्यालय रसुवाले मंगलबार साँझ ६ बजेसम्म प्राप्त क्षतिको विववरण सार्वजनिक गर्दै घटनाका बारे जानकारी गराएको हो। विवरण अनुसार बाढीका कारण २० जना ब्यक्ति अझै बेपत्ता छन। यस्तै ५५ जना ब्यक्तिको उद्धार गरिएको छ। उद्धार गरिएकामा ४ महिला र ५१ जना पुरुष छन। उद्धार गरिएकाहरु ५० जना नेपाली नागरिक, ४ जना भारतीय तथा १ जना चिनियाँ छन।

    images

    रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा २३ वटा मालबाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा सवारीसाधन बाढीले बगाएको छ। 

    बढीका कारण बेपत्ता हुनेमा नेपाल प्रहरीका ३ जना, सुक्खा बन्दरगाहमा काम गर्ने ६ जना, डिब्बा चालक ५ जना र चिनियाँ नागरिक ६ जना छन।

    बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिएका छन।

    त्यस्तै २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लेदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द भएको छ। यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

    बाढीका कारण माथिल्लो त्रिशूली ‘ए’को ६० मेगावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यस्तै स्याफ्रुवेशी-रसुवागढी सडकखण्ड बाढीका कारण पूर्ण रुपमा अबरुद्ध छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend