बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

डाक्टरसँगको वार्तामा तीन मन्त्री, स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु

डाक्टरसँगको वार्तामा तीन मन्त्री, स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु

images
२०८२ आषाढ २४ गते, मंगलवार
२०८२ आषाढ २४ गते, मंगलवार
  • काठमाडौं। उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीका विषयमा धमाधम क्षतिपूर्ति भराउन आदेश दिन थालेपछि आन्दोलनमा उत्रिएका चिकित्सक र सरकार बिच वार्ता हुँदैछ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया, उद्योग मन्त्री दामोदर भण्डारी र नेपाल चिकित्सक संघका प्रतिनिधिहरुका बीचमा भर्खरै वार्ता शुरु भएको हो। 

    images

    स्वास्थ्य मन्त्री पौडेलको सचिवालयका अनुसार चिकित्सक सँग वार्ता गर्नु अघि मन्त्री पौडेल, कानुन मन्त्री चौरसिया र उद्योग मन्त्री भण्डारी बीचमा चिकिसकहरुले उठाएका माग बारे छलफल भएको थियो।

    सो छलफलमा चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्की, महासचिव डा सन्जिव तिवरीसहितका प्रतिनिधि सहभागी थिए।

    तीन मन्त्री बीचको छलफलपछि पुन: चिकित्सक संघका अध्यक्ष कार्की र महासचिव तिवारी दोस्रोपटकको वार्तामा सहभागी छन।

    `तीन मन्त्रीका बीचमा वार्ताका लागि वार्ता थियो सकियो, अहिले फेरि तीनै जना मन्त्रीहरुसहित डाक्टरहरुसँग वार्ता सुरु भएको छ।´ मन्त्री पौडेलको सचिवालयले भन्यो।

    चिकित्सक संघको अगुवाइमा सोमबार र मंगलबार देशभरका अस्पतालहरुमा आकस्मिक र सघन बाहेकका सेवा अबरुद्ध भएको थियो भने मंगलबार काठमाडौंको माइतीघरमण्डलामा चिकित्सकहरु भेला भएर उपभोक्ता अदालतको फैसलाको सामुहिक विरोध गरेका थिए।

    संघले असार १७ गतेदेखि संघर्षका कार्यक्रम घोषणा गरेर उपभोक्ता संरक्षण ऐन २०७५ मा आवश्यक संशोधन गर्नु पर्ने माग अघि सार्दै आएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend