बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

संविधानको मुल मर्म अनुसार तीनै तहका सरकारले काम गर्न सकेनन् : सिटौला

संविधानको मुल मर्म अनुसार तीनै तहका सरकारले काम गर्न सकेनन् : सिटौला

images
एक्सरे नेपाल
२०८२ आषाढ २३ गते, सोमवार
एक्सरे नेपाल
२०८२ आषाढ २३ गते, सोमवार
  • काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले संविधानको मुल मर्म अनुसार नेपालका तीनै तहका सरकारले काम गर्न नसकेको बताएका छन।

    images

    गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्म जयन्तीका सन्दर्भमा `जि.पि.कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्र´ले आज काठमाडौंमा आयोजना गरेको "गिरिजाप्रसाद कोइराला र आजको राजनीतिक परिस्थिति" बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले तीनै तहका सरकारले संविधानको मुल मर्म अनुसार काम गर्न नसकेको बताए।

    images

    `नेपालमा संघीयता नितान्त नयाँ ब्यवस्था हो, संघीयताको मुल मर्म अनुसार नेपालमा सरकारले काम गर्न सकेका छैनन, संघीय सरकारले पनि वास्तविक संविधानको कार्यान्वयन गर्न सकेको छैन, प्रदेश सरकार, स्थानीय सरकारले पनि संघीयताको मुल मर्म अनुसार काम गर्न सकेका छैनन्।´ सिटौलाले भने।

    उनले गिरिजा बाबुको मुल राजनीतिक अन्तर्वस्तु संविधानमा स्थापित भएको भन्दै संविधानको मुल उद्देश्य संघीयता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रणाली रहेको बताए।

    नेता सिटौलाले संविधानको कार्यान्वयनका लागि सरकार, संवैधानिक परिषद्, न्यायपालिका, कार्यपालिका सबैले जनताका पक्षमा काम गर्ने गरि गम्भीरतापुर्वक समिक्षा गर्नु  पर्ने बताए। नभए संविधानको मुल मर्म र उद्देश्यले सफलता प्राप्त गर्न नसक्ने उनले प्रष्ट पारे। 

    `संविधानको कार्यान्वयनका लागि सरकार, संवैधानिक परिषद्, न्यायपालिका, कार्यपालिका सबैले जनताका पक्षमा काम गर्ने गरि गम्भीरतापुर्वक समिक्षा गर्नु पर्छ, आवश्यक परे संविधान समेत संशोधन गरौं।´ उनले भने।

    कार्यक्रममा कांग्रेस नेतृ डीला संग्रौलाले नेपाली राजनीतिले बाटो बिराएको बताइन।

    `नेपाली राजनीतिले बाटो बिराएको छ, राजनीति सही दिशामा छैन, मुलुकको स्वास्थ्य, शिक्षा र रोजगारीले बाटो बिराएको छ।´ नेतृ संग्रौलाले भनिन।

    उनले गिरिजा प्रसाद कोइरालाको वरिपरि घुम्ने राजनीति अहिले कम्युनिस्टहरुजो वरिपरि घुम्ने अवस्था आएको समेत बताइन।

    `हिजो गिरिजा बाबुको वरिपरि राजनीति घुम्थ्यो, कम्युनिस्टहरु गिरिजाले के बोल्छ त्यही हुन्छ भनेर सुन्थे, अहिले राजनीति कम्युनिस्टहरुको वरिपरि घुम्ने अवस्था बनेको छ।´ नेतृ संग्रौलाले भनिन।

    कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेपालले विगतको तुलनामा विकासको गतिमा फड्को मारेको बताए। उनले गिरिजा प्रसादको सडक पुर्वाधारदेखि, स्वास्थ्य तथा शिक्षा र संचारमा रहेको योगदान अविस्मरणीय रहेको बताए।

    यस्तै नेता भीमसेनदास प्रधानले राजनीति र पार्टीलाई सँधै जनता र देशप्रति जिम्मेवार बनाउनु पर्छ भन्ने गिरिजाप्रसादको प्रेरणा रहेको बताए।

    आयोजक संस्था जि.पि.कोइराला लोकतन्त्र सम्बर्द्धन केन्द्रका अध्यक्ष बलदेव तिमल्सिनाले लोकतान्त्रिक आन्दोलन र नेपालको राजनीतिमा कोइरालाको योगदान पुस्तौंपुस्ताका लागि अध्ययनको विषय बनाइनु पर्ने धारणा राखे। उनले केन्द्रले नेपालको विकास र राजनीतिको अवस्थालाई सँधै जनता र लोकतान्त्रप्रति जिम्मेवार बनाउन लागिरहने प्रतिबद्धता जनाए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend