बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

बिरामीको बिचल्ली पारेर आन्दोलनमा उत्रिए चिकित्सक

बिरामीको बिचल्ली पारेर आन्दोलनमा उत्रिए चिकित्सक

images
२०८२ आषाढ २३ गते, सोमवार
२०८२ आषाढ २३ गते, सोमवार
  • काठमाडौं। चिकित्सकहरुको आन्दोलनका कारण देशभरका अस्पतालमा ओपीडी सेवा प्रभावित भएको छ।

    images

    उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सक आन्दोलनमा उत्रिएपछि सोमबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवामा असर परेको हो।

    images

    अदालतको आदेशले चिकित्सकहरुको मनोबल गिराएको तथा पेशाप्रति नै हतोत्साहित गरेको भन्दै उनीहरुले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। ओपीडीमा दैनिक २५ सयदेखि ३ हजार बिरामी आउने काठमाडौंको वीर अस्पतालमा काउन्टरदेखि नै सेवा ठप्प हुँदा बिरामीको विचल्ली भएको छ।

    काठमाडौंकासहित देशभरका जिल्ला अस्पताल तथा निजी अस्पतालहरुमा समेत सेवा प्रभावित भएको  छ। देशभरका अस्पतालबाट बार्षिक ६ करोड बढी पटक अन्तरंग, बहिरंग तथा अकास्मिक सेवा प्रवाह हुने गरेको तथ्यांक छ।

    जसमध्ये ९२ प्रतिशतले ओपीडी सेवा लिने गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणको तथ्यांक  छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend