बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अक्सिजन जेनेरेटर प्लान्ट खरिदमा भ्रष्टाचार, अख्तियारले दायर गर्यो मुद्दा

अक्सिजन जेनेरेटर प्लान्ट खरिदमा भ्रष्टाचार, अख्तियारले दायर गर्यो मुद्दा

images
२०८२ आषाढ २३ गते, सोमवार
२०८२ आषाढ २३ गते, सोमवार
  • काठमाडौ। मकवानपुरको थाहा नगरपालिकाले अक्सिजन जेनेरेटर प्लान्ट खरिद गर्दा बढी मूल्य हाली भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    images

    आर्थिक वर्ष २०७८/०७९ मा अक्सिजन जेनेरेटर प्लान्ट खरिदका लागि प्रदेश सरकारबाट ५५ लाख र संघीय सरकार अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ करोड रकम प्राप्त भएकोमा प्लान्ट खरिदको प्रक्रियामा भ्रष्टाचार भएको आरोप छ। सो प्रकरणमा थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित ६ जना र कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

    images

    दायर मुद्दामा `प्रतिवादीहरुले आपसी मिलेमतोमा योजनाको बोलपत्र मुल्यांकन गर्दा बदनियतपुर्वक स्वीकृत  स्पेशिफिकेसनमा उल्लेखित विशेषता भन्दा फरक रुप र आकार, तोकिएको शर्त तथा मापदण्ड विपरीत झुट्टा कागजातहरु पेश गरि गराई कम गुणस्तर र कम मुल्यको फरक प्रविधिको रेफ्रीजेरेटेड एयर डायर टेक्नोलोजी उपलब्ध गराउन प्रतिवादीहरुले आपसी मिलेमतोमा बदनियतपुर्वक स्वीकृत स्पेशिफिकेसनमा उल्लेखित विशेषता भन्दा फरक प्रवृत्ति एवम् प्रविधिको सामान उपलब्ध गराउन प्रस्तावक शुभारम्भ ट्रेडर्स प्रालिले पेश गरेको १ करोड १० लाख १ हजा १९९ रुपैयाँ ७५ पैसाको बोलपत्रलाई प्राविधिक मुल्यांकन उत्तीर्ण गराई सम्झौता गरि सोही बमोजिमको सामग्रीसमेत नगरपालिकामा दाखिला भई पेश्की रकम १२ लाख समेत दिइएको देखिएकोले उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिइ आज विशेष अदालत काठमाडौमा आरोपपत्र दायर गरिएको छ।´ अख्तियारले भनेको छ।

    अख्तियारले पुरीसमेत ६ जना र ट्रेडर्स प्रा.लि.उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ।

    तत्कालीन प्रमुख पुरीसहित लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगर, इन्जिनियरिङ सन्तोष बोहरा र सहायक पाँचौ सुदर्शन पहेली, प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका तत्कालीन बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीलाई सो भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएको छ।

    मुद्दामा अक्सिजन जेनेरेटर प्लान्ट आपूर्तिको ठेक्का हत्याउने सुभारम्भ सर्भिस ट्रेडर्स प्रालि र उक्त कम्पनीकी सञ्चालक सोबिता प्रसाईलाई पनि प्रतिवादी कायम गरिएको छ।

    अख्तियारले अक्सिजन जेनेरेटर प्लान्ट खरिदमा १ करोड १० लाख १ हजार १९९ रुपैयाँ बढी बिगो कायम गरेको हो। यस्तै उक्त कायम भएको बिगो मध्ये खर्च भएर गएको रकम जनही १२ लाख रुपैयाँ असुल उपर हुने सहित कैद र जरिवाना सजाय बिगो मागदाबी लिएको हो। यी सबै बिगो, कैद र जरिवाना सजाय ६ जना उपर नै माग गरिएको छ।

    थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नगरपालिकाका बायोमेडिकल इन्जिनियर राजेश्वर कमाली र सुभारम्भका मालिक सोबिता प्रसाईको मिलेमतोमा १३ लाख बढी मूल्यको अक्सिजन प्लान्ट खरिदको ठेक्कामा सेटिङ गरेको तथ्यलाई अख्तियारले  पुष्टि गरेको छ। पुरी ५ वर्षसम्म लगातार थाहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend