मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राजनीतिमा पनि कुलिङ पिरियड राखौं : गोबिन्द भट्टराई

राजनीतिमा पनि कुलिङ पिरियड राखौं : गोबिन्द भट्टराई

images
२०८२ आषाढ २० गते, शुक्रवार
२०८२ आषाढ २० गते, शुक्रवार
  • काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कर्मचारीतन्त्रमा मात्र नभएर अब राजनीतिमासमेत कुलिङ पिरियड आवश्यक रहेको तर्क गरेका छन्।
     
    जारी केन्द्रीय समिती बैठकमा उनले आफ्नो धारणा राख्दै कर्मचारीतन्त्रमा कुलिङ पिरियडको बहुतै चर्चा भएको भब्दै बरु राजनीतिमा कुलिङ पिरियड आवश्यक रहेको तर्क गरेका हुन।
     
    नेपालीले नेपाली नागरिकता छोडेर अर्को देशको नागरिक बन्नासाथ नागरिकता त्यागेर फेरि नेपाली नागरिकता लिएर आम निर्वाचन लड्ने प्रवृत्ति देखिन थालेको तर्क गर्दै उनले भने, `त्यस्ताहरुका लागि पनि कुलिङ पिरियड राख्न जरुरी छ।´

    विगतमा यस्तो व्यवस्था नभएको कारण कुनै विदेशी नागरिक पनि देशको उपप्रधानमन्त्री जस्तो गरिमामय र सम्वेदनशिल पदमा पुगेको भन्दै उनले भने, ‘यो कटु यथार्थलाई मनन गर्दै  कुलिङ पिरेड राख्न जरुरी छ।’
     
    उनले यसो हुन नसकेमा विदेशी नारिकता छोडेको आधिकारिता पुष्टि नहुँदै चुनावमा उम्मेदवार बनेर लड्ने कदमले नेपाल राष्ट्र माथि नै खतरा पैदा गर्ने बताए।

    नेता भट्टराईले पार्टी सभापतिज्यूले अब अवकाश लिएर सभापति हुने होइन भनिसकेको अस्थामा अब महाधिबेशन २०८४ अगाडि हुन्छ कि हुदैन भन्ने दुबिधामा बस्न जरुरी नभएको बताए।

    ‘ढिलोमा २०८३ मंसिर भित्र केन्द्रिय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरौं। म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन चाहान्छु,’ यस निर्णयले सकारात्मक सन्देश दिएको उल्लेख गर्दै उनले भने, ‘देशका पूर्व राष्ट्रपति  र उपराष्ट्रपति पनि फेरी सक्रिय राजनीतिमा फर्किरहेको र कतिपय राजनीतिक दलहरुमा एउटै मानिस बर्षौसम्म सभापति भइरहने अवस्थामा हाम्रो सभापतिज्यूको यो भनाईले हाम्रो पार्टी अरु भन्दा फरक हो भन्ने पोजेटिभ सन्देश प्रवाह गरेको छ।’
     
    बेला बखत देशमा आइ पर्ने राष्ट्रिय संकटको समाधान गर्ने काम पनि कांग्रेस पार्टीले नै गर्ने भन्दै उनले देशलाई आवश्यक पर्नै सबै नीतिहरु पनि कांग्रेस पार्टीले नै बनाउने बताए।

    तर पार्टीको भोट पछिल्ला निर्वाचनहरुमा घटिरहेकाले यस्को गम्भीर विश्लेषण गरी कार्य योजना तयार पार्न केन्द्रीय सदस्य भट्टराईले नेतृत्वको ध्यानाकर्षण गराए।
     
    गुटबन्दीले गर्दा सही मानिस ठिक ठाउँमा स्थापित हुन नसकेको भन्दै उनले पदको न्यायोचित ढंगबाट वितरण नगरेको कारण रुष्ट कार्यकर्ताको मन जित्न कार्यशैलीमा सुधार गर्छौ भनेर आश्वस्त पार्नुपर्ने बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend