मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पार्टी बैठकमा नेता शिवाकोटीको प्रश्न : कांग्रेस कुन अराजक अभ्यासतिर गइरहेको हो?

पार्टी बैठकमा नेता शिवाकोटीको प्रश्न : कांग्रेस कुन अराजक अभ्यासतिर गइरहेको हो?

images
२०८२ आषाढ १९ गते, बिहिवार
२०८२ आषाढ १९ गते, बिहिवार
  • काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कडा भाषामा भ्रष्टाचारको संरक्षण गर्ने प्रवृत्तिमाथि आक्रमक टिप्पणी गरेका छन्।

    images

    बैठकमा धारणा राख्दै शिवाकोटीले कांग्रेस भित्रैबाट पार्टीको आत्मा कुण्ठित हुने अवस्था सिर्जना भएको आरोप लगाए। उनले पार्टीप्रति जनस्तरमा चुलिँदै गएको असन्तोषको चेतावनी सुनाए।

    images

    शिवाकोटीले भ्रष्टाचारको आरोप लागेका नेताहरूको रक्षामा पार्टी नेतृत्व मौन बसेको आरोप लगाए। उनले संसदबाट निलम्बन भएका व्यक्तिहरूले केन्द्रीय समिति बैठकमै नेतामाथि विषवमन गर्ने, धम्क्याउने र मर्यादा भंग गर्ने शैलीले कांग्रेसको चरित्रमै धक्का पुगेको बताए।

    “बैठकमा धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरण झैं भयो,” उनले टिप्पणी गरे।

    उनले नाम नलिई नेता मोहन बस्नेतको अभिव्यक्तिलाई लक्षित गर्दै भने, “ठाउँको ठाउँ पर्ला, गाह्रो पर्ला” जस्ता हिंस्रक अभिव्यक्ति दिनेलाई रोक्न सकिँदैन भने कांग्रेस कुन अराजक अभ्यासतिर गइरहेको हो?”

    शिवाकोटीले महामन्त्री गगन थापाविरुद्ध देखिएको नियोजित आक्रमणको पनि स्पष्ट शब्दमा विरोध गरे। “रबि लामिछानेको शैलीमा धम्क्याउँदै फाइल छ भनेर थर्काउने शैली कांग्रेस भित्र दोहोरिनु दुखद हो,” भन्दै थापामाथि भ्रष्टाचारको प्रमाण भए कानुनी प्रक्रिया अघि बढाउन चुनौती दिए।

    शिवाकोटीले सभापति शेरबहादुर देउवालाई समेत लक्षित गर्दै नेतृत्वको निष्क्रियताले पार्टी कमजोर बनेको आरोप लगाए।

    “सभापतिज्यू, तपाईंसँग रिटायरमेन्टको संकेत दिनुभएको छ, तर असक्षम भ्रातृ संस्थाका नेतृत्वलाई कहिले रिटायर गरिन्छ?” भन्दै उनले नेविसंघ, तरुण दल, महिला संघलगायत संरचना ठप्प भएकोप्रति गम्भीर आपत्ति जनाए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend