मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वैदेशिक सहयोगको विरोध गर्नु गलत मनोविज्ञान हो : पूर्व अर्थमन्त्री आचार्य

वैदेशिक सहयोगको विरोध गर्नु गलत मनोविज्ञान हो : पूर्व अर्थमन्त्री आचार्य

images
२०८२ आषाढ १९ गते, बिहिवार
२०८२ आषाढ १९ गते, बिहिवार
  • काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्यले वैदेशिक सहयोग बिना देशको तीव्र विकास सम्भव नहुने दाबी गरेका छन।

    images

    उहाँले भने, “आन्तरिक स्रोतले मात्रै तीव्र विकासका लागि आवश्यक पर्ने रकम नपुग्ने भएकाले वैदेशिक सहयोग तथा अनुदान लिएर विकास गर्नुपर्ने आवश्यकता छ।”

    images

    वैदेशिक सहयोग नलिने भनाइ सुन्दा राम्रो लागे पनि हालको विश्व परिवेशमा त्यो व्यवहारिक र बुद्धिमत्तापूर्ण नहुने तर्क उनको थियो।

    ‘लोकतन्त्रका लागि एकबद्धता नेपाल’द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता आचार्यले विगतमा वैदेशिक सहयोग तथा अनुदानको विरोधकै कारण देश पछाडि परेको दाबी गरे।

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा उनले कोइरालाको नेतृत्वमा नेपालको अर्थतन्त्रले नयाँ दिशा पाएको उल्लेख गरे।

    “गिरिजाबाबुको पालामा हामीले निजी क्षेत्रलाई थप जिम्मेवारी दियौं, र सरकारले अत्यावश्यक सेवा तथा नियमनको भूमिकामा केन्द्रित भयो। अहिले सबै दलहरूले यही नीति अनुसरण गरिरहेका छन्।” उनले भने।

    पूर्वप्रधानमन्त्री कोइरालाको संगठन निर्माणमा रहेको लगाव र जनतासँगको अटुट सम्बन्ध अझै पनि अनुकरणीय भएको स्मरण गर्दै आचार्यले थपे, “नेतामा संगठनात्मक क्षमता चाहिन्छ, सिद्धान्त चाहिन्छ – गिरिजाबाबुसँग दुवै थियो।”

    उनले कांग्रेस केवल चुनाव जित्ने होइन, मुलुकको आर्थिक रूपान्तरण गर्ने पार्टी हो भन्ने धारणा प्रस्तुत गर्दै निजी क्षेत्रको लगानीलाई फराकिलो बनाउने र अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने कोइरालाको नेतृत्वको सम्झना गर्नुपर्नेमा जोड दिए 

    पार्टी सरकारमा रहेको बेला जनताको मन जित्ने गरी राम्रो काम गर्नुपर्नेमा उनले जोड दिँदै पार्टीकै एउटा समूह भने विरोधमै केन्द्रित रहेकोप्रति असन्तुष्टि व्यक्त गरे।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले कांग्रेसभित्रको वैचारिक विचलनप्रति टिप्पणी गर्दै भने, “कांग्रेस ज्ञानभन्दा धनमा केन्द्रित हुँदै गएको छ।”

    उनले धनमा केन्द्रित हुँदा पार्टीभित्र विचार, ज्ञान र सिद्धान्त ओझेलमा परिरहेकोप्रति चिन्ता व्यक्त गरे।

    कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले कांग्रेसभित्र वैचारिक बहस कम भएकाले आफूहरूले वैचारिक अभियान सुरु गरेको जानकारी दिइन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend