मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

महिला आयोगको तथ्यांक

चालू आर्थिक वर्षमा हिंसाका १७ सय ६ उजुरी, सबैभन्दा धेरै बागमती प्रदेशमा

चालू आर्थिक वर्षमा हिंसाका १७ सय ६ उजुरी, सबैभन्दा धेरै बागमती प्रदेशमा

images
२०८२ आषाढ १८ गते, बुधवार
२०८२ आषाढ १८ गते, बुधवार
  • काठमाडौं। चालू आर्थिक वर्षको जेठसम्म देशभर भएका महिला हिंसा तथा घरेलुु हिंसाका १७ सय ६ वटा घटना बारे राष्ट्रिय महिला आयोगमा उजुरी परेको छ।

    images

    २०८१ साउन १ गते देखि २०८२ जेठ सम्म देशभर भएका घटना मध्ये आयोगमा १७ सय ६ वटा घटनाका उजुरी परेको हो। आयोगले बुधबार चालू आर्थिक वर्षमा आयोगबाट भएका कार्यक्रम तथा क्रियाकलाप बारे पत्रकार अन्तर्किया आयोजना गरेर उजुरी र घटनाको अवस्था बारे जानकारी गराएको हो।

    images

    आयोगले उपलब्ध गराएको घटनाको तथ्यांक अनुसार कोशी प्रदेशमा ३३ घटनाको उजुरी परेकोमा घरेलुु हिंसाका मात्रै ३२ उजुरी छन। यस्तै एक घटना महिला हिंसासँग जोडिएको छ।

    यसैगरी मधेस प्रदेशमा ३० वटा घटनाका उजुरी परेकोमा २९ वटा घरेलु हिंसाका घटना छन भने एउटा महिला हिंसाको घटनाको उजुरी परेको छ।

    सबैभन्दा बढी उजुरी बागमती प्रदेशमा परेको छ। बागमतीमा १९८ वटा घटनाको उजुरी परेकोमा एउटामात्र महिला हिंसाको उजुरी छ। अन्य सबै घरेलु हिंसासँग जोडिएका छन।

    यसैगरी गण्डकी प्रदेशमा २२ उजुरी दर्ता हुँदा सबै घरेलु हिंसासँग जोडिएको छ भने लुम्बिनीमा १६, कर्णालीमा ५, सुदुरपश्चिममा ९ तथा प्रदेश उल्लेख नभएको ५ घटनाका उजुरी आयोगमा आएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा महिला हिंसाका घटना बारे एउटै पनि उजुरी आयोगमा नपरेको आयोग बताउँछ।

    यस्तै आयोगमा निवेदन, इमेल र ठाडो उजुरी १८० वटा आएका छन भने विद्युतीय अपराधका २६ घटनाका उजुरी छन। आयोगमा अन्य मौखिक सुचना ११५ वटा र अन्य निकायसँग समन्वय गरिएका १५ वटा उजुरी छन। यी सबै गर्दा आयोगमा १७ सय ६ उजुरी परेको हो। जसमा आयोगले १ हजार ७० वटा उजुरीको सेवा प्रवाह गरिएको जनाएको छ।

    राष्ट्रिय महिला आयोगकी सदस्य माननीय कृष्ण कुमारी पौडेलले तथ्यांकमा आएका घटना भन्दा पछाडी धेरै घटनाहरू लुप्त अवस्थामा रहेको बताइन। उनले आयोगले ७७ वटै जिल्लामा गहिरो रुपमा पीडित समक्ष पुग्न प्रयास गरेको भएपनि जटिलता रहेको बताइन।

    उनले पर्याप्त वजेट, पर्याप्त कर्मचारी र संरचना नहुँदा ७७ वटै जिल्लाका तल्ला तहमा पुगेर घटनाको अवस्था खोतल्न समस्या भएको भन्दै महिला र आयोगलाई हेर्ने राज्यको नजरमा नै परिवर्तन जरुरी रहेको बताइन। 

    यस्ता छन हिंसाका प्रकार

    महिला आयोगले प्रस्तुत गरेको तथ्यांक अनुसार हिंसाका प्रकारमा आर्थिक हिंसाका घटना सबैभन्दा बढी छन। जसमा आर्थिक हिंसाका २५५ घटना देखिएका छन। यस्तै शारीरिक हिंसाका २१५ घटना, मानसिक हिंसाका १५१ र यौनजन्य हिंसाका ८ घटना देखिएका छन।

    उजुरी संख्या हेर्दा आर्थिक हिंसा सबैभन्दा बढी देखिएको छ। महिलालाई रोजगारी गर्न रोक्ने, आयमाथि नियन्त्रण गर्ने, जग्गा वा सम्पत्तिमा हक नदिनेजस्ता समस्याले यो प्रकार उच्च देखिएको हुन सक्छ। तर दुखको विषय यौनजन्य हिंसाका उजुरी जम्मा ८ वटा मात्र छन्, जुन समाजमा व्याप्त कलंक, डर, बदनामीको कारणले उजुरी दर्तामा असहजता देखिएको संकेत हुन सक्छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend