मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मोहन बस्नेतको आरोपप्रति महामन्त्री गगन थापाको टिप्पणी "फोहोर चलाएर फोहोरी बन्दिन!"

मोहन बस्नेतको आरोपप्रति महामन्त्री गगन थापाको टिप्पणी "फोहोर चलाएर फोहोरी बन्दिन!"

images
२०८२ आषाढ १८ गते, बुधवार
२०८२ आषाढ १८ गते, बुधवार
  • काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई "गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित" फोहोरको संज्ञा दिएका छन्।

    images

    थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भनेका छन्, "फोहोर चलाएर म फोहोरी बन्न चाहन्न।"

    images

    टेरामाक्स प्रकरणमा मुछिँएर धरौटीमा छुटेका बस्नेतले केन्द्रीय बैठकमा महामन्त्री थापालाई लक्षित गर्दै आरोप लगाए पछि थापाले ती आरोपलाई “राजनीतिको तह र सभ्यताको सीमा नाघ्ने” टिप्पणी गरेका हुन्।

    उनले कुनै आरोपको प्रतिवाद गर्नुको सट्टा त्यसलाई खारेज गर्ने शैली अपनाउँदै भनेका छन्, "बाले भन्नुहुन्थ्यो, कसैले आरोप लगाए जवाफ दिइहाल्नुपर्छ। आमाले भन्नुहुन्थ्यो, फोहोर नचलाउनु, फोहोर चलाए आफैँ फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु।"

    थापाले सभापति शेरबहादुर देउवालाई प्रत्यक्ष सम्बोधन गर्दै, आफ्नो अनुपस्थितिमा केन्द्रीय समितिको बैठकमा धम्कीपूर्ण भाषा र अभद्र व्यवहार देखाउने प्रवृत्ति प्रति आपत्ति पनि प्रकट गरे।

    उनले भने, "म तरुण दलको अनशनरत साथीहरूको माग सम्बोधन गर्न वार्तामा थिएँ। तर बैठकभित्रै एक केन्द्रीय सदस्यले हुंकार मिश्रित धम्की दिनुभयो रे। त्यो नैतिक पतन हो।"

    महामन्त्री थापा आन्दोलनरत तरुण दलका नेताहरूसँगको वार्तामा रहेका बेला केन्द्रीय सदस्य बस्नेतले आफूहरूलाई भ्रष्टाचारको आरोप लाउँदा महामन्त्री थापाले बचाउन गरेको भन्दै आक्रोश पोखेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend