मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

क्युरेक्स फर्माको पेन्टोप्राजोल ४० औषधि विक्रीमा रोक

क्युरेक्स फर्माको पेन्टोप्राजोल ४० औषधि विक्रीमा रोक

images
२०८२ आषाढ १७ गते, मंगलवार
२०८२ आषाढ १७ गते, मंगलवार
  • काठमाडौं। औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्सद्धारा उत्पादित एक औषधि बिक्रीमा रोक लगाएको छ।

    images

    विभागले उक्त कम्पनीको पेन्टोलक नामक पेन्टोप्राजोल ४० एमजी औषधिको एक ब्याचलाई विक्री वितरणमा रोक लगाएको हो।

    images

    उक्त औषधिको ब्याच नम्बर टीपीटी १२९(बी) राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ।

    यो औषधि ग्यास्ट्राइटिस् तथा पेटसम्बन्धी विभिन्न संक्रमणको उपचारमा प्रयोग हुने गरेको छ।

    खराबी देखिएको ब्याचको औषधि बिक्री नगर्न तथा तत्काल बजारबाट फिर्ता ल्याइ प्रयोगशालाको अनुसन्धान रिपोर्ट पेश गर्न विभागले उत्पादक कम्पनीहरूलाई निर्देशन दिएको छ।

    सो ब्याचको औषधि सिफारिस तथा प्रयोग नगर्न पनि विभागले सबैमा सूचित गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend