मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्यमन्त्री पौडेलको अवस्था कस्तो छ ?

स्वास्थ्यमन्त्री पौडेलको अवस्था कस्तो छ ?

images
२०८२ आषाढ १७ गते, मंगलवार
२०८२ आषाढ १७ गते, मंगलवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल चार दिनदेखि वीर अस्पतालमा उपचाररत छन्।

    images

    शनिवार एक्कासी कडा ज्वरो आएपछि अस्पताल पुर्याइएका उनको उपचार वीरको भीआइपी कक्षमा उपचार भैरहेको छ।

    images

    मंगलबार मन्त्री पौडेलको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पतालका निर्देशक डा. दिलिप शर्माले जानकारी दिए।

    “उहाँलाई डेंगी कोभिड केहीपनि पुष्टी भएन स्वास्थ्य अवस्था सुधार भइरहेको छ”, डा. शर्माले भने।

    मंगलबार र बुधवार मन्त्री पौडेललाई निगरानीमा राखिने उनले जानकारी दिए। मन्त्री पौडेल खानेकुरा खान र बोल्नसक्ने अवस्थामा रहेको उनको सचिवालायले जनाएको छ।

    `मन्त्री ज्युलाई अहिले धेरै सहज भएको छ, आज विहान हल्का खानेकुरा आफैं खानु भयो, राम्रोसँग बोल्न थाल्नु भएको छ।´ सचिवालयले भन्यो।

    शनिबार अस्पताल पुर्याइएका मन्त्री पौडेललाई अत्यधिक ज्वरो थियो भने पखाला समेत थियो। 

    उनी एक साता अघि पनि अस्वस्थ भएपछि निवासमा नै आराममा बसेका थिए। त्यसपछि केही सुधार भएपछि थाइल्यान्डको बैंककमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका थिए भने गत शुक्रबार मात्रै स्वदेश फर्किएका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend