मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

श्रावण १ गतेदेखि स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सरकारी अस्पताल मात्रै, नीजि र सामुदायिकमा हट्ने

श्रावण १ गतेदेखि स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु सरकारी अस्पताल मात्रै, नीजि र सामुदायिकमा हट्ने

images
२०८२ आषाढ १६ गते, सोमवार
२०८२ आषाढ १६ गते, सोमवार
  • काठमाडौं। आगामी श्रावण १ गतेबाट स्वास्थ्य बीमामा उपचार गर्ने सेवाग्राहीका लागि तोकिएको प्रथम सेवा बिन्दु सरकारी अस्पतालहरु मात्र हुने भएको छ।

    images

    स्वास्थ्य बीमा बोर्डले नीजि र सामुदायिक अस्पतालहरुबात समेत दिंदै आएको यो सेवा अब सरकारी अस्पतालमा मात्र संचालन गर्ने भएको हो।

    images

    `स्वास्थ्य बीमा ऐन, २०७४ को दोस्रो संशोधनको दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को प्रथम संशोधनको नियम २ को खण्ड (छ) ले गरेको व्यवस्था अनुसार प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने निर्णय गरिएको हो।´ स्वास्थ्य बीमा बोर्डले असार १० गते गरेको निर्णयमा भनिएको छ।

    बीमाको रेफर लिनु पर्ने कारण अस्पतालमा पुगेर पनि धेरै बिरामीहरुले हैरानी ब्यहोर्दै आएका थिए। यो ब्यवस्थाले एकातिर सरकारी अस्पतालमा मात्र बिरामीको चाप बढाउने देखिन्छ भने अर्कोतिर नीजि अस्पतालबाट बिरामीले बीमा मार्फत उपचार गर्न झनै समस्या हुने देखिन्छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा जनताको पहुँच बढाइने र बीमामा रहेको झन्झट हटाइने बताउँदै आइरहेका बेला स्वास्थ्य बीमा बोर्डबाट यो निर्णय भएको हो। 

    स्वास्थ्य बीमा बोर्डले उक्त निर्णय कार्यान्वयन गर्न गराउन भन्दै प्रथम सेवा बिन्दु तोकिएका सामुदायिक तथा नीजि सबै स्वास्थ्य संस्थामा पत्राचार गरिसकेको छ।

    ‘प्रथम सेवा विन्दुको रूपमा सेवा दिई हालसम्म बोर्डको सेवा प्रवाहमा पुर्याउनु भएको योगदानका लागि स्वास्थ्य बीमा बोर्ड धन्यवाद ज्ञापन गर्दछ।’ स्वास्थ्य बीमा बोर्डले निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा पठाएको पत्रमा भनिएको छ।

    बोर्डले ल्याएको नयाँ व्यवस्थाअनुसार अब बीमा अन्तर्गत आवद्ध बिरामीले सीधै बीमा सेवा दिने सरकारी स्वास्थ्य संस्थामा गएर उपचार सेवा लिन सक्ने छन्। यस्तै नीजि अस्पतालमा बीमा मार्फत उपचारमा जानू पर्ने भए सरकारी अस्पतालबाट रेफर लिनु पर्ने छ।

    यसअघि सरकारी ठुला अस्पतालमा स्वास्थ्य जाँच गराउन जाँदा पहिले प्रथम सेवा बिन्दु तोकिएको अस्पतालबाट रेफर लिनु पर्ने ब्यवस्था थियो।

    यस्तो छ पत्र

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend