मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आपतकालीन क्लिनिकका सदस्यलाई हैजा ब्यवस्थापन तालिम

आपतकालीन क्लिनिकका सदस्यलाई हैजा ब्यवस्थापन तालिम

images
२०८२ आषाढ १५ गते, आइतवार
२०८२ आषाढ १५ गते, आइतवार
  • काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको आयोजनामा रेडक्रस आपत्कालीन क्लिनिक (RCEC) समूहका सदस्यहरूका लागि हैजा ब्यवस्थापन तालिम प्रदान गरिएको छ।।।

    images

    GTFCC तथा IFRC क्यानेडियन रेडक्रसको सहयोग तथा नेपाल सरकार इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (EDCD) को संयोजनमा तालिम प्रदान गरिएको हो।

    images

    सरुवा रोग नियन्त्रण महाशाखा (EDCD), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, NHEICC, GTFCC, IFRC क्यानेडीयन रेडक्रस तथा नेपाल रेडक्रसका प्रशिक्षकहरूबाट तालिमको सहजिकरण भएको थियो।

    तालिममा रेडक्रस आपत्कालीन क्लिनिक टीमका २० जना सदस्यहरूको सहभागिता रहेको थियो। तालिमको पहिलो र दोस्रो  दिन हैजा महामारी तथा ब्यवस्थापन सम्बन्धि सैद्धान्तिक कक्षाहरू आयोजना गरिएको थियो।

    यस्तै तेस्रोदिन रेडक्रस आपत्कालीन क्लिनिकको स्थापना गरी कृत्रीम घटना अभ्यास (Simulation) समेत गरीएको थियो।

    तालिममार्फत हैजा, पानीजन्य रोगहरूबाट हुने महामारी जस्ता अवस्थाहरूमा तालिम प्राप्त जनशक्ति परिचालन गरी रोगको उपचार, रोकथाम तथा न्युनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

    यस अघि पनि नेपाल रेडक्रस सोसाइटीले क्यानेडियन रेडक्रसको सहयोगमा विभिन्न विपद्हरू जस्तै भुकम्प, कोरोना महामारी, झाडापखाला, हैजा जस्ता विपद् प्रतीकार्यहरुमा रेडक्रस आपत्कालीन क्लिनिक परिचालन गरी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend