मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य मन्त्रीलाई `काम ज्वरो´, वीर अस्पतालमा उपचार हुँदै

स्वास्थ्य मन्त्रीलाई `काम ज्वरो´, वीर अस्पतालमा उपचार हुँदै

क्रमिक सुधार हुँदै

images
२०८२ आषाढ १५ गते, आइतवार
२०८२ आषाढ १५ गते, आइतवार
  • काठमाडौं। स्वास्थ्यब्तथा जनसंख्या मन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना भएका छन। शनिबार साँझ अत्यधिक ज्वरो आएपछि वीर अस्पताल भर्ना भएका हुन।

    images

    वीर अस्पतालमा पुगेका एक जना स्वास्थ्य मन्त्रालयका कर्मचारीले मन्त्री पौडेललाई अत्यधिक ज्वरोका साथ `काम ज्वरो´ आएपछि शनिबार अस्पताल पुर्याइएको थियो।

    images

    `मन्त्री ज्युलाई अत्यधिक काम ज्वरो आएपछि अस्पताल ल्याएर भर्ना गरिएको हो, आज डेंगुको परीक्षणका लागि स्याम्पल टेकु पठाइएको छ।´ स्वास्थ्य मन्त्रालयका ती कर्मचारीले एक्सरे नेपालसँग भने।

    मन्त्री पौडेलको सचिवालयका अनुसार शनिबार भन्दा आज आइतबार उनको स्वास्थ्यमा सुधार भएको छ। उनी एक साता अघि पनि अस्वस्थ भएपछि निवासमा नै आराममा बसेका थिए। त्यसपछि केही सुधार भएपछि थाइल्यान्डको बैंककमा आयोजित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका थिए। पौडेल शुक्रबार मात्रै स्वदेश फर्किएका हुन।

    स्वदेश आएपछि पुन: उनको स्वास्थ्यमा समस्या भएको हो। अहिले मन्त्री पौडेलको वीर अस्पतालको भीआईपी क्याविनमा उपचार भईरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend