मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विदेशमा रहेका श्रमिकको स्वास्थ्य सुरक्षामा स्वास्थ्यमन्त्री गम्भीर, बैंककमा छलफल

विदेशमा रहेका श्रमिकको स्वास्थ्य सुरक्षामा स्वास्थ्यमन्त्री गम्भीर, बैंककमा छलफल

images
२०८२ आषाढ १४ गते, शनिवार
२०८२ आषाढ १४ गते, शनिवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आगामी विश्व स्वास्थ्य संगठनमा नेपालका तर्फबाट प्रस्ताव गरिएको श्रमिकको स्वास्थ्य रक्षाका मुद्दालाई प्रभावकारी बनाउन विश्व स्वास्थ्य संगठनसँग सम्वाद बढाएका छन्।

    images

    संगठनको कार्यकारी समिति सदस्य समेत रहेको नेपालले यस मुद्दालाई आगामी महासभामा लैजान गृहकार्य गरिरहेको छ।

    images

    यसै सन्दर्भमा थाइल्याण्डको बैंककस्थित राष्ट्रसंघीय सम्मेलन केन्द्रमा मन्त्री पौडेलले संगठनकी दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदसँग नेपालको एजेण्डाको तयारी र यसमा जुटाउन सकिने विश्व समर्थनबारे संवाद गरेका हुन।

    `हाम्रा धेरै श्रमिक अहिले रोजगारीका क्रममा बाहिर छन्। उनीहरुको स्वास्थ्य समस्या हाम्रा लागि चिन्ताको विषय बनेको छ,´ उनले भने, `सबै श्रमिक देशका साझा समस्यालाई सम्बोधन गर्न पर्याप्त गृहकार्य आवश्यक छ।´

    जवाफमा निर्देशक वाजेदले नेपालको एजेण्डामा समर्थन जुट्ने विश्वास गर्दै आफ्ना तर्फबाट समन्वयात्मक पहल हुने प्रतिबद्धता जनाइन्।

    हालै सम्पन्न विश्व स्वास्थ्य संगठनको महासभापछि नेपालले आगामी महासभामा नेपाली श्रमिकले भोगिरहेको स्वास्थ्य समस्या सम्बोधन गर्न सबै श्रमिकको स्वास्थ्यको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव पठाएको थियो। जसलाई आगामी महासभामा नेपालका तर्फबाट पेश गरिनेछ।

    मन्त्री पौडेलले हालै मात्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विदेशबाट फर्किएका श्रमिकको निःशुल्क परीक्षण तथा नियमित भर्चुअल स्वास्थ्य सेवा दिन गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend