मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

लागू औषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना गरिंदै

लागू औषध नियन्त्रण गर्न छुट्टै विभाग स्थापना गरिंदै

images
२०८२ आषाढ १२ गते, बिहिवार
२०८२ आषाढ १२ गते, बिहिवार
  • काठमाडौं। सरकारले लागू औषधनियन्त्रण गर्न छुट्टै विभाग स्थापना गर्ने तयारी गरेको छ। 

    images

    काठमाण्डौंमा आयोजित लागू औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धकोअन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै गृहमन्त्री रमेश लेखकले लागू औषधनियन्त्रणका लागि छुट्टै लागू औषध नियन्त्रण विभाग गठन गर्ने घोषणा गरेका हुन। 

    images

    लेखकले लागू औषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै भने, “हामी लागूऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक बर्षमा गृह मन्त्रालय अन्तर्गत लागूऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ।”

    गृहमन्त्री लेखकले गृहमन्त्रालयले लागू औषध नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम, रोकथाम र सजायलगायतका कार्यक्रमहरु अघि बढाएकोब्पनी बताए।

    उनले लागू औषधसेवन दुव्र्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटनाहरु हुने गरेको बताए।

    “मुख्य विषय भनेको यसको रोकथामन हो। जनचेतनामहत्वपूर्ण विषय हो। लागू औषधको दुरुपयोगले समाजलाई समाजलाई भयावह ढंगले प्रभावित गरेको छ।” लेखकले भने, “ लागू औषध नियन्त्रणकालागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामुलक कार्यक्रम आवश्यक छ।”

    लागू औषधनियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए।

    “एक लाख ३४ हजारजना लागू औषध सेवनककर्ता रहेको तथ्याङक छ। समाज नराम्रोसित प्रभावित हुदैछ।”उनले भने, “मुलुकभरका कारगाराका कैदीबन्दीहरु मध्ये दोस्रो ठुलो संख्यामा लागू औषध दुव्र्यसन, ओसारपसार, भण्डार गर्नेहरुको संख्या छ। यसबाट पनि यसकोअवस्था प्रष्ट हुन्छ।”

    दिवसका अवसरमाआयोजित कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाल निकाय, सरकारी तथा गैरसरकारी संस्थाहरुको सहभागिता रहेको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend