मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वर्षाका समयमा सवारी साधन बन्द गर्दा भनसुन गरी चलाएको पाइए प्रजिअलाई नै कारबाही

वर्षाका समयमा सवारी साधन बन्द गर्दा भनसुन गरी चलाएको पाइए प्रजिअलाई नै कारबाही

images
२०८२ आषाढ १२ गते, बिहिवार
२०८२ आषाढ १२ गते, बिहिवार
  • काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी बर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यस जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन।

    images

    बुधबार गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुने सक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्य सम्वन्धी बैठकमा बोल्दै गृहमन्त्री लेखकले मनसुनका बेला हुन सक्ने सडक दुर्घटना न्युनीकरणका लागि गरिएका निर्णय र बनाइएका आचारसंहिता कार्यान्वयनमा जोड दिए।

    images

    उनले उक्त निर्णयहरु आम नागरिकसम्म पुगाउन सुचना प्रवाहमा ध्यान दिनसमेत आग्रह गरे।

    “कुनै ठाउँमा भारी बर्षा हुने र सवारी साधन चल्नु हुन्न भनिसकेपछि कुनै जिल्लामा सवारी साधन चलेको भेटियो भने त्यो जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीलाई कारबाही गरिनेछ।” उनले भने, “कारण देखाउनुपर्ने छैन। बिरामी र एम्बुलेन्स छ भने त्यो एउटा विषय बन्ला होइन भने सामान्य गाडी कसैका भनसुनका आधारमा चलाइएको पाइए कारबाहीको विषय बन्छ।”

    उनले उक्त विषय गृहसचिव र प्रहरी प्रमुखहरुलाई तल्लो तहसम्म सर्कुलर गर्न निर्देशन समेत दिए।पहिरोले सडक अवरुद्धका साथै सवारीसाधन समेत बगाउने अवस्था आउने गरेको भन्दै गृहमन्त्री लेखकले सडक सञ्जाल अवरोध हुँदा धेरै समस्याहरु सिर्जना हुने गरेको बताए।

    “विपद्जन्य घटना हुँदा सर्वसाधारणले सबैभन्दा पहिले सम्झिने सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधीलाई हो। सुचना प्रवाह धेरै महत्वपूर्ण छ। विपद्का बेला सडक दुर्घटनामा नागरिकको जिधउनको बचाउ गर्ने चालकलाई पुरस्कृत र अटेरी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।” गृहमन्त्री लेखकले भने।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend