मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भारतमा बन्धक बनाइएका ५८ नेपालीलाई ल्याइयो, कहाँछन उनीहरु?

भारतमा बन्धक बनाइएका ५८ नेपालीलाई ल्याइयो, कहाँछन उनीहरु?

images
२०८२ आषाढ ११ गते, बुधवार
२०८२ आषाढ ११ गते, बुधवार
  • कञ्चनपुर। विभिन्न बहानामा भारत पुर्याइएर बन्धक बनाइएका ५८ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल ल्याइएको छ।

    images

    किन इन्डियाका निर्देशक नेपाली युवा नवीन जोशीको अगुवाइमा भारतबाट ५८ जना नेपालीलाई उद्धार गरेर नेपाल ल्याइएको हो। उनीहरुलाई नेपालको पश्चिमी नाका गड्डाचौकी हुँदै नेपाल ल्याइएको जोशीले जानकारी दिए।

    images

    यसरी ल्याइनेमा भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरबाट उद्धार गरिएका ३२ जना र कासिपुरबाट ल्याइएका ३५ जना गरी ५८ जना छन।

    उनीहरुलाई नागरिक संस्था किन इन्डिया, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो।

    जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले ५८ जना उद्धार गरिएका ब्यक्तिहरु ल्याइएको जानकारी दिए।

    किन इन्डियाका निर्देशक जोशीले भारतमा बन्धक बनाइएका उनीहरुलाई उद्धारकर्ताहरुले घर फेरेर राखेको तथा भगाउँदै गरेको अवस्थामा समेत फेला पारेको बताए। रुद्रपुर र कासिपुरमा रोजगारी दिने भनेर लगिएका युवालाई घर घरमा राखेर बन्धक बनाइएको थाहा पाएपछि उद्धार अघि बढाइएको थियो।

    उनीहरुलाई बसमार्फत सीमा नाका गड्डाचौकीसम्म ल्याइएको हो। कंचनपुर प्रहरीले रोजगारी दिने भनेर लग्ने व्यक्तिको खोजी कार्यसँगै आवश्यक अनुसन्धानको कार्य शुरु गरिएको बताएको छ।

    बुधबार सीमा नाकामा उद्धार गरेर ल्याइएका युवालाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख (डिआइजी) डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका थिए।

    उद्धार गरेर ल्याइएका सबैलाई आज कंचनपुरमा नै वासस्थानको प्रवन्ध गरि राखिएको जोशीले जानकारी दिए। उनीहरुलाई अब जिल्ला प्रशासन कार्यालयले घरसम्म पुर्याउन सहजीकरण गर्ने छ।

    उद्धार गरिएका युवामा सुदूरपश्चिमको कैलाली, डोटीका गरी ११ जना छन् भने चितवन, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुङ, दाङ, बाँके, स्याङजा, धादिङ, कास्की, सर्लाही, रुकुम बागलुङ, इलाम, रुपन्देहीका गरी अन्य छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend