भक्तपुर। भक्तपुर अस्पतालले आङ खसेका (पाठेघर) महिलाको उपचारका लागि निःशुल्क शल्यक्रिया गर्न अभियान नै शुरु गरेको छ।
भक्तपुर अस्पतालमा मंगलबारबाट आङ खसेको समस्याको निःशुल्क शल्यक्रियाका लागि अभियान शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले जानकारी दिए।
उनका अनुसार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा शुरु गरिएको अभियानमा मंगलबार पहिलो दिन तीन जनाको शल्यक्रिया सम्पन्न गरिएको छ भने आज बुधबार पाँच जनाको शल्यक्रिया हुँदैछ।
सययमा उपचार हुँदा सो रोगको समाधान हुन सक्ने हुँदा महिलाहरुले समयमा उपचारमा पुग्दा पाठेघर खस्ने समस्या नियन्त्रण गर्न सकिने चिकित्सकहरु बताउँछन।
भक्तपुर अस्पतालले आङ खसेका महिलाहरूलाई अस्पतालमा सम्पर्क गरी निःशुल्क शल्यक्रिया सेवा लिन समस्या देखिएकाहरुमा आह्वान समेत गरेको छ।



