मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एक सातामै देशभर थपिए डेंगुका ९१ संक्रमित, कहाँको अवस्था कस्तो?

एक सातामै देशभर थपिए डेंगुका ९१ संक्रमित, कहाँको अवस्था कस्तो?

images
२०८२ आषाढ १० गते, मंगलवार
२०८२ आषाढ १० गते, मंगलवार
  • काठमाडौँ। पछिल्लो एक सातायता क्रमिक रुपमा देशभर डेंगुका नयाँ संक्रमित बढेको पाइएको छ। यो साता देशभरमा ९१ नयाँ संक्रमित पुष्टि भएका छन्।

    images

    स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार हालसम्म ७३ जिल्लामा डेंगु फैलिएको छ।

    images

    यो साता मात्र देशका सात वटा प्रदेशमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३० जना नयाँ संक्रमित भेटिएका छन्।

    यसैगरी लुम्बिनीमा २२, बागमतीमा २०, सुदूरपश्चिम र कोशीमा ८/८, मधेसमा दुई र कर्णालीमा एक जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।

    ईडीसीडीका अनुसार पुसयता देशभर एक हजार ५ सय २ जनामा डेंगु संक्रमण देखिएको तथ्यांक छ। सबै भन्दा बढी बागमती प्रदेशमा संक्रमित देखिएका छन्।

    तथ्याङ्क अनुसार बागमतीमा प्रदेशमा ३ सय ८०, कोशी प्रदेशमा तीन सय, गण्डकी प्रदेशमा ३ सय ३, लुम्बिनी प्रदेशमा २ सय ४७, सुदूरपश्चिम प्रदेशमा २ सय १८, कर्णाली प्रदेशमा ३२ र मधेश प्रदेशमा २२ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ।

    बागमती प्रदेश अन्तर्गत पनि काठमाडौं उपत्यकामा मात्र २२४ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो। त्यसमध्ये काठमाडौँमा १६४, ललितपुर र भक्तपुरमा ३०/३० वटा डेंगु संक्रमितको केस पुष्टि भएको थियो। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend