मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विपद् जोखिम न्यूनीकरणका लागि तीन ठाउँमा हेलिकप्टर स्ट्यान्ड्बाइ : गृहमन्त्री

विपद् जोखिम न्यूनीकरणका लागि तीन ठाउँमा हेलिकप्टर स्ट्यान्ड्बाइ : गृहमन्त्री

images
२०८२ आषाढ १० गते, मंगलवार
२०८२ आषाढ १० गते, मंगलवार
  • काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि देशका तीन ठाउँ काठमाण्डौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखिएको बताएका छन्।

    images

    मंगलबार काठमाण्डौंमा विपद पत्रकारिता संजाल (डीजेएन) ले आयोजना गरेको विपद् व्यवस्थापनमा पत्रकारको भूमिका विषय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री लेखकले मुुलुकका तीन स्थानमा हेलिकप्टर तयारी अवस्थामा राखिएको बताएका हुन।

    images

    उन्ले अन्य ठाउँहरुमा पनि विपद् प्रतिकार्यका लागि हेलिकप्टर तयारीहालतमा राख्न नीजि क्षेत्रका हेलिकप्टर कम्पनीहरुसँग सहकार्य भएको बताए।

    “आवश्यकता अनुसार हेलिकप्टर एसोसियसनसित पनि हेलिकप्टर तयारीहालतमा राख्ने विषयमा समन्वय भएको छ।” गृहमन्त्री लेखकले भने, “सिमित स्रोत साधनकाबिच विपद् प्रतिकाय एवं न्यूनीकरणका लागि सरकार लागि परेको छ।”

    गृहमन्त्री लेखकले प्रदेश सरकार, स्थानीय तह, विभिन्न सरोकारवाला निकाय, गैरसरकारी संस्था, यातायात व्यवसायी लगायत सबैले हातेमालो गरेर विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यमा जुट्नुपर्ने बताए।

    उनले विपद् जोजिम न्यूनीकरण एवं व्यवस्थापन गर्ने कार्यमा पत्रकारहरुको पनि महत्वपूर्ण भूमिका हुने बताए।

    “हामी अत्यन्त ज्यादा विपद्को जोखिम भएको भूगोलमा छौं, जुनसुकै बेला जे सुकै हुनसक्छ। बाढी, पहिरो, डुबान बारेमा पुर्वानुमान गर्न सकिन्छ तर भूकम्पका बारेमा सकिन्न। त्यसकारण हमेसा तयारी अवस्थामा बस्न जरुरी छ।” गृहमन्त्री लेखकले भने।

    उनले विगतको अनुभवबाट पाठ सिकेर सातै वटै प्रदेशमा रहेको आपतकाली गोदाम घर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पनि बताए।

    `संघीय मर्म अनुकूल भएन भनेर सबै गोदाम (काठमाण्डौं बाहेक केन्द्रीय गोदामघर) बाहेक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।´ उनले भने।

    अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै लेखकले सरकारले विपद् जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि गर्नुपर्ने तयारी गरिरहेको बताए।

    “जिल्लामा पनि विपद्का लागि आवश्यक रकम पठाइएको छ, राहत सामाग्री तयार गर्न जिल्लास्थित विपद् समितिलाई निर्देश गरिनुका साथै सूचना जारी गर्ने पद्धतीको विकास भएको छ।” गृहमन्त्री लेखकले सम्बोधनका क्रममा भने।

    प्रतिकार्य तथा जोखिम न्यूनीकरणका लागि नीजि क्षेत्रसँग पनि समन्वय र सहकार्य गर्ने काम भएको लेखकको भनाई छ।

    “नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य तयारी एवं जोखिम न्यूनीकरणको तयारी बुझ्ने काम भयो, देशका दुवै प्रहरी संगठनका प्रमुखहरुलाई तयार रहन निर्देशन दिइएको छ।” लेखकले भने।

    नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले पनि आ–आफ्नो ठाउँबाट विपद जोखिम न्युनीकरण तथा प्रतिकार्यका लागि काम गरिरहेको मन्त्री लेखकको भनाई छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend