काठमाडौं। भिजिट भिसा प्रकरणको विषयमा छानबिन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए।
सो समितिमा गृह मन्त्रालय, संघीय मामिला र परराष्ट्र मन्त्रालयका सहसचिवहरु सदस्य रहनेछन् ।
समितिलाई भिजिट भिसा प्रकरणबारे छानबिन गरी ३० दिन भित्र सरकारलाई प्रतिवेदन बुझाउन समय दिइएको छ।



