मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

समस्या देखिएका आधारभूत अस्पतालमा साउन १ बाट सेवा प्रवाह हुने

समस्या देखिएका आधारभूत अस्पतालमा साउन १ बाट सेवा प्रवाह हुने

images
२०८२ आषाढ ९ गते, सोमवार
२०८२ आषाढ ९ गते, सोमवार
  • काठमाडौँ। सरकारले निर्माण सम्पन्न भएर पनि सेवा प्रवाहमा समस्या देखिएका आधारभूत अस्पतालहरुमा साउन १ गतेबाट चिकित्सक र आवश्यक उपकरण पठाउने भएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै स्थानीय तहमा निर्माण सम्पन्न भैसकेका तर सेवा प्रवाहमा समस्या भएका आधारभूत अस्पतालहरुमा साउन १ गतेबाट सेवा प्रवाह गरिने बताए। यस्ता अस्पतालहरुको संख्या ५७ छ।

    images

    उनले केही स्थानीय तहमा आधारभूत अस्पताल बनेर चिकित्सकको उपलब्धता नभएको र केहीमा आवश्यक उपकरणको समस्या रहेको पाइएकाले ती सबै समस्यालाई समाधान गर्ने गरेर तयारी भएको बताएका हुन।

    यसैगरी निर्माण हुनै बाँकी आधारभूत अस्पतालहरुको पनि प्रक्रिया अघि बढाइने भन्दै मन्त्री पौडेलले त्यसका लागि अस्पताल निर्माण गर्ने रणनीतिक स्थानको म्यापिङ समेत गर्ने काम भैरहेको बताए।

    अझैपनि कतिपय स्थानीय तहमा जग्गा उपलब्ध नहुँदा आधारभूत अस्पताल निर्माणको प्रक्रिया अघि बढन सकेको छैन। कतिपय अस्पतालहरु निर्माण भएरै पनि चिकित्सक र आवश्यक उपकरण नहुँदा संचालनमा आउन सकेका छैनन।

    निर्माण भएर पनि संचालन हुन नसकेका आधारभूत अस्पताल संचालनका लागि मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ।

    अब सो मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्टस लगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गरिने छ।

    त्यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल नै गठन गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend