मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा र स्वदेश फिर्तीमा ध्यान केन्द्रित गरेका छौँ : परराष्ट्रमन्त्री

इजरायल र इरानमा रहेका नेपालीको सुरक्षा र स्वदेश फिर्तीमा ध्यान केन्द्रित गरेका छौँ : परराष्ट्रमन्त्री

images
२०८२ आषाढ ९ गते, सोमवार
२०८२ आषाढ ९ गते, सोमवार
  • काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हाल इजरायल र इरानमा रहेका नेपालीहरुको सुरक्षा र आवश्यकताका आधारमा स्वदेश फिर्तीका सम्बन्धमा ध्यान केन्द्रित गरिरहेको बताएकी छन।

    images

    विनियोजन विधेयक २०८२/०८३ अन्तर्गत उठेका प्रश्नहरुको प्रतिनिधिसभाको सोमबारको बैठकमा जवाफ दिँदै मन्त्री डा राणाले सो जानकारी दिएकी हुन।

    images

    “हाल इजरायल इरानबीच उत्पन्न द्वन्द्व र यसका सम्भावित प्रभावहरुलाई अत्यन्त गम्भीरताका साथ लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर परराष्ट्र मन्त्रालयले काम गरिरहेको छ।” मन्त्री डा राणाले भनिन्।

    उनेले ती दुई देशबीचमा युद्ध सुरु भएको दिनदेखि नै विकसित परिस्थितिलाई नजिकबाट हेरिरहेको, इरानमा रहेका सानो संख्याका नेपालीहरुलाई भारत सरकारसँग अनुरोध गरी इरान स्थित भारतीय दूताबासको सहयोगमा उद्धारको व्यवस्था मिलाइएको तथा इजरायलमा रहेका नेपालीहरुको वास्तविक सूचना अनलाइन पोर्टलमार्फत् सङ्कलन भइरहेको र घर फर्कन चाहनेहरुका लागि फर्काउने तयारी भइरहेको जानकारी दिइन।

    मन्त्री डा राणाले भनिन, “उहाँहरुले अनलाइन पोर्टलमा रजिस्ट्रेसन गरिरहनुभएको छ। यसबाट को कहाँ र कति संख्यामा हुनुहुन्छ भन्ने सूचना आउनेछ। अप्ठेरो अवस्थामा रहेका र घर फर्कन चाहने केहीले मात्र फर्कने इच्छा व्यक्त गरिरहनुभएको छ। उहाँहरुको उद्धारका लागि हामीले गृहकार्य सुरु गरेका छौँ।”

    मन्त्री डा राणाले इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था पत्ता लगाइ उनको रिहाइका सम्बन्धमा नेपाल सरकारले सक्दो कूटनीतिक पहल गरेको र अहिलेसम्म उनको अवस्था पत्ता लाग्न नसकेको जानकारी गराइन।

    मन्त्री डा राणाले उक्त विनियोजन विधेयकमा परराष्ट्र मन्त्रालका विषयमा उठेका नेपालको भूभाग तथा सीमा, आर्थिक कूटनीतिको प्रवर्द्धन र यसको महत्व, गैरआवासीय नेपालीहरु, मन्त्रालय र अन्तर्गत क्षमता अभिबृद्धि, व्यवस्थापन र मूल्यांकन, राजदूत एवं नियोग प्रमुखको नियुक्ति, कन्सुलर सेवाको अवस्था, परराष्ट्र नीति, परराष्ट्र सम्बन्ध एवं राष्ट्रिय सुरक्षा लगायतका विषयमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिएकी थिइन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend