मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कर्णालीबाट खालिखुट्टा हिडेरै काठमाडौं आएका बोहोराले भेटे प्रधानमन्त्री

कर्णालीबाट खालिखुट्टा हिडेरै काठमाडौं आएका बोहोराले भेटे प्रधानमन्त्री

images
२०८२ आषाढ ८ गते, आइतवार
२०८२ आषाढ ८ गते, आइतवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले भेट गरेका छन।

    images

    बोहोराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेटेका हुन। बोहोराले कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्धा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेर ३१ औँ दिनमा गत असार ३ गते काठमाडौँ आइपुगेका थिए।

    images

    उनले सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका थिए। तर प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण भेट भएको थिएन।

    बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराएको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीरलााा ईईधेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे।

    प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरु सुनाउन पाएकामा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरुपमा अघि बढ्ने बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend