मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

औषधि आपूर्तिमा आयातकर्ता संघको योगदान सराहनीय : स्वास्थ्य सचिव डा. देवकोटा

औषधि आपूर्तिमा आयातकर्ता संघको योगदान सराहनीय : स्वास्थ्य सचिव डा. देवकोटा

images
२०८२ आषाढ ७ गते, शनिवार
२०८२ आषाढ ७ गते, शनिवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले मुलुकमा कुनैपनि किसिमको  संकट वा विपदको अवस्थामा औषधि आयातकर्ता संघले पुर्याएको योगदानको प्रशंसा गरेका छन।

    images

    संघको शनिबार राजधानीमा आयोजित आठौं अधिवेशन तथा वार्षिक साधारणसभाको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव देवकोटाले संघको योगदानको प्रशंसा गरे। 

    images

    सचिव डा देवकोटाले स्वदेशी औषधि उत्पादन सरकारको प्राथमिकताको विषय भएपनि औषधिको आयातलाई पनि व्यवस्थित बनाउँने पक्षमा सरकार प्रतिवद्ध रहेको बताए। 

    उनले नियमक निकाय औषधि ब्यवस्था विभागको समन्वय र सहयोगमा नागरिकले आवश्यकता अनुरुपको औषधि सहज र सुलभ मूल्यमा उपलब्ध हुने वातावरण निर्माणको लागि उत्पादक, आयातकर्तासंगै सबैको सहकार्य आवश्यक रहेकोमा पनि जोड दिए।

    कार्यक्रममा विभागका महानिर्देशक नारायण प्रसाद ढकालले सरकारले औषधिको मूल्य निर्धारणमा निर्धारित मापदण्डहरूको पालना गर्दै नागरिकको हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

    उनले औषधि प्रमोशन गरेर नभइ आवश्यता अनुरुप विक्री वितिरण गर्नु पर्ने भन्दै एकले अर्कोलाइ आक्षेप लगाउँने प्रवृति राम्रो नभएको बताए। 

    उनले स्वास्थ्यसेवा गुणस्तरीय हुनपर्ने बताउँदै विभाग सदैव व्यवसायमैत्री सहकार्यको लागि तयार रहेको बताए।

    त्यस्तैगरि नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले नेपालमा डाक्टरको कारण औषधि महङ्गो भएको भन्ने जस्ता भाष्य निर्माण हुँदै आएको चिन्ता व्यक्त गर्दै औषधि महङ्गो हुनमा राज्यको नीति प्रमुख कारक रहेको बताए।

    नेपाल औषधि थोक व्यवसायी संघका अध्यक्ष गणेश नेपालले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधि क्षेत्र संवेदनशील विषय भएकाले सबै संवेदनशील हुनु पर्ने बताए। उनले गुणस्तरीय, सुरक्षित र सहज औषधि उपलब्ध गराउन आयातकर्तासंघसँग सहकार्य गर्न तयार रहेको बताए।

    संघको आठौं अधिवेशन तथा वार्षिक साधारणसभाले पवन आचार्यको अध्यक्षतामा १९ सदस्यी नयाँ कार्य समिति चयन गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend