मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तयारी औषधि मात्र होइन, कच्चा पदार्थ आयातको अनुमति औषधि आयातकर्ता संघलाई दिउँ : बराल

तयारी औषधि मात्र होइन, कच्चा पदार्थ आयातको अनुमति औषधि आयातकर्ता संघलाई दिउँ : बराल

images
२०८२ आषाढ ७ गते, शनिवार
२०८२ आषाढ ७ गते, शनिवार
  • काठमाडौं। नेपाल औषधि उत्पादक संघका उपाध्यक्ष सन्तोष बरालले तयारी औषधि मात्र नभइ औषधिको कच्चा पदार्थ पनि आयात गर्न औषधि आयातकर्ता संघलाई अनुमति दिन सरकारसँग आग्रह गरेका छन।

    images

    नेपाल औषधि आयातकर्ता संघ (मियान) को शनिबार ललितपुरमा आयोजित अधिवेशन तथा आठौं साधारणसभामा आफ्नो धारणा राख्दै गर्दा बरालले सरकारसँग यस्तो आग्रह गरेका हुन।

    images

    संघका उपाध्यक्ष बरालले पछिल्लोसमय औषधिको कच्चा पदार्थ आयातमा सीमित कम्पनीहरूलाई मात्र अनुमति दिँदा औषधिको आपूर्ति प्रणाली प्रभावित हुनुका साथै मूल्यवृद्धि र उत्पादनमा समेत ढिलाइ हुने अवस्था सिर्जना हुँदै आएको बताए।

    त्यस्तै बरालले औषधि व्यवसायलाई प्रतिस्पर्धात्मक बनाउँदै गुणस्तरीय उत्पादनलाई प्रवर्द्धन गर्न कच्चा पर्दार्थको आयात सबै योग्य आयातकर्ताहरूलाई खुला गरिनुपर्ने धारणा राखेका हुन।

    उनले औषधि क्षेत्रमा देखिएका संरचनात्मक समस्याको दीर्घकालीन समाधान खोज्नसमेत सरकारसँग आग्रह गरे।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालकोसमेत उपस्थिति थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend